http://www.bbc.co.uk/nepali/news/2010/12/101229_sudan_mission.shtml
राज्य व्यवस्था समितिले सुडान पुगेर गरेको अनुसन्धानपछि मिसनलाई थोत्रा र विग्रिएका सामान पठाएर ३० करोड भन्दा बढी भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै कारवाहीको निम्ति सरकारलाई बैशाखमै निर्देशन दिएको थियो।
त्यसपछि सरकारले समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगायो।
‘त अनुसन्धान किन ढिलो?’ भन्दै दोषीमाथि तत्काल कारवाही गर्न समितिले अख्तियारलाई पनि पत्र पठाएको छ।
तर अख्तियारका प्रवक्ता इश्वरी पौडेलले अनुसन्धान जारी रहेको बताउँदै भने, “ककस्लाई के कस्तो मुद्दा चलाउनु पर्छ भन्ने कुरा अनुसन्धानपछि टुंगो लाग्छ।”
दर्जनौं उच्च अधिकारी मुछिएको उक्त प्रकरणमा जो सुकै दोषी ठहरिए पनि सुडानबाट बेइज्जतीपूर्वक आफ्नो प्रहरी मिसनलाई फिर्ता हुनबाट रोक्नु नेपालको निम्ति तत्कालको चुनौती भएको ठानिएको
गृहमन्त्री भीमबहादुर रावल (SARDAR) ले चाहिं नयाँ सामान उहिल्यै पठाउन खोज्दा पनि राजनीतिक परिस्थिति र प्रकृयागत कारणले सम्भव नभएको बताए।
Last edited: 31-Dec-10 07:09 AM