यहाँ मुश्किलले बन्छन् नाताहरू, हजार साधना हुन्छ । हजार त्याग हुन्छ । अनि, मनलाई थाम्न नसकि, एउटा नाताको सिर्जना हुन्छ । सुन्दर भविश्यको कल्पनामा । त्यसैले, मलाई पनि अरुलाई जस्तै गरि बल्ल तल्ल बनेको नाता प्रति मोह छ । भरपूर मोह छ । अझ झन, भावनाको सम्बन्धमा त, जति मन टाढा त्यत्ति नै पारदर्शी । त्यसैले पनि, बल्ल तल्ल बनेको नाता, कतै बिग्रने पो हो कि ? कतै भत्कने पो हो कि ? भावनालाई बिर्सदा । कदरताको दर्पणमा, दायित्वको छाँया नपाउदा । एउटा बनेको नातामा, नाताको एक अर्को सिंढी चढाउदा, कतैं पूरानो नाताको जग भाँसिने त होइन् ? यस्तै यस्तै डरहरूमा, जब एउटा नाता बन्छ । अनि मनमा खेल्न थाल्छ, भयङ्कर परछायाँहरू । त्यसैले पनि, चाहना हुदैन्, पटक्कै हुदैन् । दिशा बदल्न, बनेको त्यो पूरानो नाताको । यसरी नै, भावनासँग नखेल्ने मनोकांक्षाले गर्दा । आज मैले, मेरो पूरानो नातालाई यथास्थानमा नै पाएको छु । एउटा अवोध बालक झै । एउटा लजालु यूवति झै । एउटा निर्दोष मानव झै ।
|