[VIEWED 9035
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-07-05 6:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Most of the weekly magazines have already gone ! Janaastha was also at the same vain when it did a great mistake to exploit an artist Shreesha Karki and forced her to commit suicide(?). Although, the case had been defined in different aspects and, no actions have been taken, to my knowledge, to the culprits till date. However, Jaanaastha played a very vital role to expose the truth of Krisnasen Ichhuk and Maina Sunuwar. Now, it has challenged another more brutal act on our 4 Chelis. My request to Sajhabashi is to follow this news/event and post in this thread if you find some news about this. --- OK
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-07-05 6:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कान्तिपुर (२३ श्रावण २०६२, कृष्णज्वाला देवकोटाको लेख) सेना किन बोल्दैन ? कृष्णज्वाला देवकोटा - 'दाइ, मेरा दुईवटी छोरी छन्, मेरो बूढासमेत जीवित हुनुहुन्न' भन्दै ती महिला निकै बिलौना गर्दै रोइन्, जब उनीमाथि यहाँ उल्लेख गर्न नसक्ने यौन व्यवहार भयो । तर पनि उनको कुरा सुनिएन । उनका संवेदनशील अंगहरूमा करेन्ट लगाइयो । भन्नै नमिल्ने यौन दुव्यर्वहार र यस्तो कठोर यातना कमजोर शरीर भएकी एउटी महिलाले कसरी थेग्न सक्थिन् र ?.... उनको प्राणपखेरु यस्तै यातनाकाबीच उड्यो । त्यसपछि ०६० पुस २ गते उनीसहित चारजना महिला माओवादीहरूको लास काठमाडौंबाट उत्तरपश्चिमतिर पर्नेर् शिवपुरीको जंगलमा लगेर गाडियो । माथि उल्लिखित चरम यातना पाएर मृत्युवरण गर्न पुगेकी ती महिला थिइन्, दुर्गा बिसंखे । अर्को एकजना साथीसँग मंसिरमा चन्दा उठाउन गएका बेला 'चन्दादाता' बाट सुरक्षाफौजलाई खबर गरिएपछि पक्राउ परी मारिएकी दुर्गामाथि यस्तो व्यवहार मोहन शमशेरबाट जफत गरी राष्ट्रियकरण गरिएको महाराजगञ्जस्थित लक्ष्मी निवासमा भएको थियो । चर्को यातनासहित मारिएका अन्य महिलाहरू थिए, गत पुसमा 'आत्मसमर्पण' पछि सेनाको बालाजुस्थित १ नं. बाहिनीमा आत्महत्या गरेका साधुराम देवकोटा उर्फ 'प्रशान्त' की जीवन संगिनी कौशिला पोखरेल र अर्की माओवादी कार्यकर्ता कला तिवारी । उनीहरू सबैको प्राणपखेरु उही स्थानमा उही मितिमा गएको थियो । -साप्ताहिक जनआस्थामा साउन १९ गते बुधबार प्रकाशित ँप्रशान्तकी श्रीमती पनि खाल्डोमा? शीर्षक समाचार अंश विधिको अतिक्रमणमात्र होइन, गम्भीर प्रकृतिको युद्ध अपराध र त्योभन्दा पनि सभ्यता र मानवताविरोधी अपराधको यति संगीन आरोपपछि पनि शाही नेपाली सेनाको मौनता मुलुकलाई बिझेको छ । जनआस्थामा यो समाचार प्रकाशन भएको एक दिनअघि सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिबाट एम्नेस्टीको प्रतिवेदनलाई चुनौती दिएको थियो र 'महिला र बालबालिकामाथि हुनसक्ने यौन दुव्र्यवहारबारे सेना सचेत रहेको' दाबी गरेको थियो । त्यसैले बुधबार धेरैलाई लागेको थियो, अत्यन्त सक्रिय सैनिक प्रवक्ताले पक्कै समाचारको खन्डन गर्लान् । दुर्गा विशंखे र कला तिवारीहरूलाई सार्वजनिक गरिएला र समाचारको सत्यतामा चुनौती दिइएला । तर सेना बोलेन । शुक्रबार सेनाको वक्तव्य त आयो तर नेपालमा ब्यारेकभित्र चरम ज्यादती भइरहेको अमेरिकी सिनेटर प्याटि्रक लेहीको भनाइलाई 'दुर्भाग्यपूर्ण' संज्ञा दिइयो । 'सेना मानवअधिकार उल्लंघन, बेपत्ता र थुनाका गैरन्यायिक हत्यामा संलग्न छैन' सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनियो, 'लेहीको भनाइ दुर्भाग्यपूर्ण छ । सेना यी आरोप अस्वीकार गर्छ ।' सात समुन्द्रपारिको आरोपलाई यति चुस्त शब्दमा खन्डन गर्न भ्याउने सेना जनआस्थाको समाचारबारे भने फेरि पनि मौन नै रह्यो । क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-07-05 6:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खलिल जिब्रानले भनेका छन्, 'रातको अन्धकारमा ब्बाँसाहरूले पाठाहरूको सिकार गर्छन् र अपराध लुक्छ भनेर ढुक्क हुन्छन् । तर बिहान सूर्योदयसँगै रगतका राता टाटा संसारले देख्छ र तिनको अपराधको पोल खुल्छ ।' शीघ्र खन्डन र प्रतिवादका लागि परिचित सैनिक जनसम्पर्क निर्देशनालयले दुर्गा बिशंखे र कला तिवारीहरू हिरासतभित्रै बर्बरतापूर्वक मारिएको अत्यन्त संवेदनशील समाचारबारे भने आजसम्म पनि अस्वाभाविक मौनता साँधिरहनुले स्वाभाविक रूपमा यो प्रश्न गर्ने ठाउँ दिएको छ, जनआस्थाको त्यो समाचार कतै त्यस्तै सूर्योदय त होइन ? कि यो मौनता स्वीकारोक्ति हो ? या सेना यस्ता 'साना' घटनासँग अभ्यस्त भइसकेको हुनाले खन्डन गर्न आवश्यक नठानिएको हो ? किविताबाट अतिवादी सपनातिर विशंखे र अरू दुई चेली मेरा लागि अपरिचित थिए । तर कला तिवारी मेरो शिक्षक साथी नन्दलाल तिवारीकी बहिनी र म अध्यापन पेसामा हुँदा कुनै समय मेरी विद्यार्थी पनि थिइन् । उनको वास्तविक नाम रेवकला तिवारी थियो । केही समय एउटै घरमा डेरा गरेर बसेको हुनाले म उनको परिवारसँग राम्ररी परिचित थिएँ । उनका एउटा दाजु अध्यापक थिए, अर्का वैदेशिक रोजगारीमा दुबई गएका थिए । कला पद्मकन्यामा पढ्दै थिइन् । कविताप्रति उनको विचित्रको रुचि थियो । उनले निकैपटक मलाई 'कविता लेख्न सिकाइदिन' अनुरोध गरिन् तर यो विचित्रको आग्रह पूरा गर्ने क्षमता मसँग थिएन । राजनीतिप्रति उनको अभिरुचि मेरो जानकारीमा थिएन । तर दोस्रोपटकको वार्ता कालमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा माओवादी नेता डा. बाबुराम भट्टराईको पत्रकार सम्मेलनमा उनलाई अखिल -क्रान्तिकारी) का विद्यार्थीको पंक्तिमा देखेपछि मैले थाहा पाएँ, कविता लेख्ने त्यो केटी अब अर्कै भइसकेकी थिई । गलत राजनीति र अस्वस्थ राज्य व्यवस्थाले अर्की एउटी किशोरीलाई अतिवादी सपनाको प्रदेशमा पुर्?याइसकेको थियो । निकै समय हाम्रो भेट भएन । ०६० साल जेठको दोस्रो हप्तातिर ऊ आफ्नै बिहेको निम्तो दिन आई । अखिल क्रान्तिकारीकै कुनै कार्यकर्तासँग उसको बिहे हुने भएछ । 'वाल्मीकि क्याम्पसमा हो है दाइ' भनेर ऊ हिंडिहाली । म बिहेमा जान सकिन । त्यो मेरो ऊसँगको अन्तिम भेट होला भन्ने अनुमान मैले कहिल्यै गरेको थिइनँ । त्यसै वर्ष कात्तिकतिर हुनुपर्छ, उसका ठूल्दाइ नन्दलाल तिवारीले सुनाए, बहिनीज्वाइ दुवै गिरफ्तार भए तर सार्वजनिक गरिएको छैन । केहीपछि उनका त्रिसट्ठी वषर्ीय पिता धनलाल तिवारी र आमा वसुन्धरा पनि काठमाडौं आइपुगे । त्यसपछि सुरु भयो, छोरी खोज्ने एउटा अत्यन्त कारुणिक र दुःखान्त पहल । आफ्नो पारिवारिक सदस्य बेपत्ता पारिंदाको पीडा के हुँदोरहेछ, मैले यही घटनाबाट अनुभव गरेँ । क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-07-05 6:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कारुणिक पहल कलाका बाबु धनलाल स्वस्थ र हिम्मती प्रौढ थिए । 'हेर्नोस् बाबु, मलाई अहिलेसम्म डाक्टरले छोएको पनि छैन' भन्थे । छोरी ज्वाइ बेपत्ता भएपछि भने उनी हतास, निराश र काँतर देखिन थाले । मंसिरमा आफूलाई महाराजगन्ज ब्यारेककै सिपाही बताउने एक व्यक्तिले नन्दलाललाई भेटेर 'बहिनी- ज्वाइ युद्धभैरव गणमा भएको र उनीहरूले कोठा खाली गरिदिन भनेको' जानकारी दिएका रहेछन् । धनलालसँग आशाको यही त्यान्द्रो बाँकी थियो । पछि त्यही पनि हरायो । धनलाल हरेक मानवअधिकारवादी संस्थामा पुगे । चिनेजानेका हरेक 'पहुचवाला' का ढोकामा पुगेर टोपी थापे । रुँदै कराउँदै महाराजगन्ज ब्यारेक पनि पुगे । भद्रकालीस्थित सेनाको मानवअधिकार शाखादेखि आईसीआरसीसम्म पुगेर गुहार मागे । हातमा छोरीज्वाइका फोटा लिएर इन्सेकदेखि राष्ट्रिय मानवअधिकार आयोगसम्मका ढोका ढक्ढक्याए । बेपत्ता पारिएकाहरूको परिवारका तर्फबाट भद्रकालीमा आयोजित अनशन कार्यक्रममा समेत सरिक भए । नयाँ मान्छे जो भेटे पनि उनी आफ्ना पीडाको पेटारो खोलिहाल्थे । म पत्रकारितामा थिएँ, त्यसैले मलाई त केही अनुमान होला भन्ने भ्रम उनलाई थियो । यो देश आफैं विशाल ब्यारेकसरह भइसकेको छ र यहाँ पत्रकार आफैं सूचनाविहीन हुँदैछन् भन्ने तथ्य उनको जानकारीमा थिएन । उनी पन्ध्रबीस दिन दौडधूप गर्थे, थाक्थे र स्याङ्जा सिर्सेकोट-९, डुम्रेभञ्ज्याङ र्फकन्थे । त्यहाँ उनको सानो चिया पसल थियो । तर महिना दिन नबित्दै उनी फेरि काठमाडौंमा भेटिन्थे । भन्थे, 'एउटो छोरो काठमाडौंमा छ, अर्को दुबईमा । एकमात्र छोरी कहाँ छ केही पत्तो छैन । म ढुक्कसँग कसरी चिया फिटेर बसूँ ?' अनि फेरि उनी पुरानै दौडमा लाग्थे, मानवअधिकारवादी, सेना, पत्रकार....। एम्नेस्टी इन्टरनेसनलले कलाहरू बेपत्ता पारिएको घटनाको अन्तर्राष्ट्रियकरण गर्?यो । तिवारी परिवारलाई संसारका थुप्रै कुनाबाट सान्त्वना र सहानुभूतिका पत्र प्राप्त भए । तर देशभित्र तिनकी चेली हराएको हरायै भइन् । तिनले न लास भेटे न सास । ती न उसलाई बिर्सन सक्थे, न सम्झन । तिनका हृदयमा गएको पहिरो छोरी सार्वजनिक भएमात्र रोकिन र थेगिन सक्थ्यो । तर ०६१ सालको वैशाखतिर हुनुपर्छ, धनलाल अलि प्रफुल्ल मुद्रामा भेटिए । गौरवपूर्वक सुनाए, 'राजालाई बिन्तीपत्र चढाइयो नि बाबु । अब केही पत्ता लाग्ला कि ?' 'देखिने र सुनिने' राजाले पक्कै आफ्नो पुकार सुन्छन् भन्ने विश्वास उनलाई थियो । मैले निकैपछि उनको अनुहारमा आशाका रेखा भेटेँ । तर मलाई त्यतिखेरै शंका लागेको थियो, यो आशा कति टिक्ला ? बिन्तीपत्रको दुःखान्त नभन्दै धनलालका आँखामा अचानक आएको यो चमक टिकाउ भएन । उनको करुण पुकार राजदरबारका पश्चिमी ढोकामा ठोक्कियो तर त्यसको कुनै उत्तर आएन । तैपनि उनले हिम्मत हारेनन् । ०६१ असार २ गते उनले अर्को बिन्तीपत्र लेखेछन् र पश्चिमी ढोकामा बुझाएछन् । बिन्तीपत्रको फोटोकपी र दर्ता नम्बर लिएर उनी 'कान्तिपुर' परिसर आइपुगे । केही सहयोग पुग्ला कि भनेर त्यो पत्र जस्ताको तस्तै छापियो पनि । तर कलाको कुनै अत्तोपत्तो लागेन । क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-07-05 6:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'कहिल्यै डाक्टरले नछोएका' धनलाल विस्तारै अस्वस्थ देखिन थाले । निराशाको गर्तमा पुगेका उनी जतिखेर पनि थकित देखिन्थेे । उनी चिनेजानेका हरेक ढोकामा पुगेर रोए । टोपीले आँसु पुछ्दापुछ्दै उनी भक्कानिन्थे । तर कला अझै अलप थिई । पछि केही महिना उनी देखिएनन् । नन्दलालले चैतमा सुनाए, 'काठमाडौं र स्याङ्जाको गोलचक्कर लगाउँदा-लगाउँदै बुबा बित्नुभयो ।' ०६१ फागुनमा हृदयाघातको सिकार भएर उनी मरेछन् । कलाका बाबुलाई भ्रम थियो, सबै शासन हातमा लिएर देखिने र सुनिने भएका राजाले पक्कै उनको पुकार सुन्नेछन् । तर उनले कहिल्यै प्रत्युत्तर पाएनन्, न कुनै सान्त्वना । यता दरबारका पश्चिमी ढोकामा उनका पुकारको हृदयाघात भयो, उता स्याङ्जामा उनको । यता उनको बिन्तीपत्र मर्?यो, उता उनी । पछि त्यो बिँडो कलाकी आमा वसुन्धराले उठाइछन् । चैतको अन्तिमतिर उनले तेस्रो बिन्तीपत्र लेखिछन् । तर अरू दुई बिन्तीपत्रको जे हविगत भयो, तेस्रोले पनि त्यही नियति व्यहोर्?यो । यति पुकारेपछि बरु ढुंगो बोल्दो हो तर राजा बोलेनन् । बरु गत हप्ता 'जनआस्था' ले उनकी छोरीको हत्या भइसकेको सनसनीपूर्ण समाचार छाप्यो र लेख्यो, 'मारिनुअघि यी निरीह माओवादी चेलीहरूमाथि कस्तो दुव्र्यवहार भयो र कडा यातना दिइयो भन्ने कुरा हामी सभ्य समाजलाई सुनाउनसम्म सक्दैनौं ।' यसरी एउटा कारुणिक पहलको दुःखान्त भयो । सेना बोलोस् जनआस्थाको समाचार सामान्य होइन । यो केवल मारिएका भनिएका चेलीहरूको परिवारसँग मात्र सम्बन्धित समाचार पनि होइन । यसको विश्वस्नीयता सेनाको साख र मुलुककै प्रतिष्ठासँग जोडिएको छ । त्यसैले सेनाको मौनता अस्वाभाविक छ । त्यो समाचार अक्षरशः सत्य हो भने यो केवल सैनिक संगठनको होइन, राष्ट्रिय लज्जाको विषय हो । सेनाले भनोस्- कलाहरू कहाँ छन् ? सैनिक जनसम्पर्क निर्देशनालयका सेनानी सुशील दाहालले जनआस्थालाई भनेछन्, 'केही समयअघि प्रशान्तकी पत्नीले पनि आत्महत्या गरिन् भन्ने बजार हल्ला मैले पनि सुनेको हुँ । वास्तविकता पत्ता लगाउन छाउनीलगायत सबै ठाउँमा सोधखोज गर्दा उनलाई हामीले नियन्त्रणमा लिएको देखिएन ।' दाहालको उत्तरले समाचारको विश्वस्नीयता बढाउँछ, घटाउँदैन । हो, मारिएका भनिएका चेलीहरू माओवादी हुनसक्छन् । उनीहरू आपराधिक गतिविधिमा लिप्त भएको आरोप पनि सत्य हुनसक्छ । तर उनीहरू असामाजिक र आपराधिक क्रियाकलापमा संलग्न थिए भने तिनलाई दण्डका लागि वैधानिक प्रक्रिया अवलम्बन गरिनुपथ्र्यो । हिरासतभित्रै सेनाले सबै कुराको फैसला गर्ने हो भने किन चाहियो अदालत र न्याय विधान ? किन चाहिए कानुन, व्यवस्था र वैधानिकताका उपकरण ? हिरासतमा कथित हत्याका यस्ता 'रहस्योद्घाटन' नयाँ पनि होइनन् । कृष्ण सेन यसैगरी मारिए, मैना सुनुवारको इहलिला यसैगरी समाप्त पारियो । साधुराम देवकोटा बालाजु १ नम्बर बाहिनीमा जुत्ताको तुनामा झुन्डिएर मरे भनियो । गजुरी ब्यारेकमा चक्र श्रेष्ठ स्लिपिङ्ब्यागको खोलमा झुन्डिएर मरेको बताइयो । ब्यारेकहरूमा यो के भइरहेको छ ? राज्यको निगरानीमै कैदी किन यति सस्तो मरिरहेको छ ? सेनाले जवाफ दिनुपर्दैन ? क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-07-05 6:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक्काइसौं शताब्दीको सरकार कहिल्यै साध्य र साधन बन्न सक्दैन । सत्ता उसका लागि दायित्व हो, विधि रक्षाको दायित्व । उसले विधिको दायरामा रही न्याय प्रक्रिया अघि बढाउन सक्छ, प्रतिशोध लिन पाउँदैन । तर सयौं मान्छे बेपत्ता छन् । निकै दिनअघि समातिएको नागरिक निकैदिनपछि 'आतंककारी' भएर 'मुठभेड' मा मारिएका उदाहरण थुप्रै छन् । ब्यारेकभित्र बन्दीलाई चौबीसै घन्टा मुखमा बोरा ओढाइएको, उनीहरू न्यूनतम मानवीय त परको कुरा पशुको जति अधिकारबाट पनि वञ्चित भएको गुनासो मानवअधिकारवादी संस्थाहरूको छ । सेनाको गतिविधिबाट आईसीआरसी आजित भएर ब्यारेक निरीक्षण गर्न छोडेको छ । राज्य नै अत्याचारको अन्धो औजार भएपछि नागरिकसँग के बाँकी रहन्छ ? जनआस्थाको समाचार सत्य हो भने त्यो दुष्कर्ममा सरिक अपराधीहरू केवल कला तिवारीहरूका परिवारका अपराधी होइनन्, बरु ती सम्पूर्ण सभ्य समाजका अपराधी हुन् । यदि यो कथित हत्या हामी बाँचिरहेको जंगलराजको प्रतिनिधि कुरूपता होइन भने सेनाको मौनता तोडियोस् । घटना भएकै हो भने केही अपराधीलाई सुरक्षा दिन सेना र मुलुककै प्रतिष्ठालाई धरौटी नराखियोस् । अन्तर्राष्ट्रियजगत पनि कहिलेसम्म यस्ता अपराधको मूकदर्शक बन्नसक्छ ? प|mान्सेली राज्य क्रान्तिमा रब्सपियेरले गिलोटिन सुरु गरे, उनी नै त्यसको अन्तिम सिकार भए । नेपालमा अहिले देखिएको बर्बरताको यो अध्यायबाट ती पनि जोगिने छैनन् जसले यसलाई सुरु गरेका छन्, चाहे ती माओवादी हुन्, चाहे राज्य । मानवताका यस्ता अपराधी र तिनका संरक्षणकर्तालाई समयले सद्दाम हुसेनलाई झैं माकुरे दुलोबाट उधिन्नेछ र युगोस्लाभियाका स्लोवोदान मिलोसेविचलाई जस्तै हेगस्थित अन्तर्राष्ट्रिय युद्ध अपराध न्यायाधीकरणमा घिसार्नेछ । मुलुक यो प्रकरणमा सेनाको जवाफ चाहन्छ ।
|
|
|
ashu
Please log in to subscribe to ashu's postings.
Posted on 08-07-05 9:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
A good thread In Nepal, these days, no one talks about "bir Nepali" anymore. Even the Indians are expressing doubts about RNA. oohi ashu ***** Nepalese Army not effective to quell Maoists: Mukherjee KOL Report KATHMANDU, Aug 8 - Indian Defense Minister Pranab Mukherjee said Sunday that the Royal Nepalese Army, the RNA was not so effective in tackling the Maoist insurgency in Nepal and expressed fears that its failure to do so would further aggravate the situation. "The RNA is trying to contain the Maoists. But its efforts are not effective. We hope it successfully tackles them, otherwise, the situation will go out of hand," Mukherjee told reporters during a function in Kalkota yesterday. Mukherjee said, "We are trying to impress upon the Nepalese government to tackle the Maoists. But, unfortunately, certain recent developments in that country like the suppression of its constitution and the multi-party system had set back anti-Maoist initiatives.? Referring to possible affinity between the Nepalese Maoists with many militant left groups in India, he said, "many of them have the fancy idea of setting up a liberated corridor starting right from the Terai region and going through parts of West Bengal, Jharkhand, Chattisgarh, Karnataka and Maharashtra." Indian government has suspended its arms supplies to Nepal following the royal takeover on February 1. (hb)
|
|
|
Sursab
Please log in to subscribe to Sursab's postings.
Posted on 08-07-05 10:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अवस्था सार्वजनिक गरियोस् 'प्रशान्तकी श्रीमती पनि खाल्डोमा' शीर्षकमा यही साउन १९ गते साप्ताहिक जनआस्थामा छापिएको समाचारमा ०६० कात्तिक १३ देखि शाहीसेनाद्वारा बेपत्ता पारिएकी मेरी छोरी रेवकला तिवारी पनि कल्पनातीत यौन दुव्र्यवहार र यातनापछि मारिएको र उसलाई शिवपुरी जंगलमा गाडिएको विवरणले अर्धमूच्छिर्त अवस्थामा यो अपिल लेखाउँदैछु । समाचार छापिएको आज पाँचौं दिन बितिसक्दा पनि शाहीसेनाबाट सो घटनाका सम्बन्धमा कुनै प्रतिक्रिया नआउँदा कतै त्यो समाचार सही त होइन भन्ने लागेको छ । पक्राउ गरेपछि पनि घरपरिवारलाई कुनै आधिकारिक खबर नदिने शाही सैनिक चलनजस्तै भएको यो समाचारका सम्बन्धमा शाहीसेनाको बेवास्ता देख्दा बेपत्ता पारिएकामध्ये कोही मुठभेडमा मरेको त कोही छानबिनकै क्रममा हिरासतमै आत्महत्या गरेको विविध समाचारका बाबजुद केही मान्छेलाई २/४ वर्षपछि पनि सार्वजनिक गरेको पृष्ठभूमिमा म पनि आफ्नी छोरी जीवितै छ भन्ने आशामा थिएँ । हुन त सन्तानको लास न सास बनाइदिएपछि बाबा-आमालाई गाँस-बासभन्दा स्वर्गवास प्यारो लाग्छ । निरोगी र हृष्टपुष्ट ६३ वषर्ीय मेरा श्रीमान् छोरी बेपत्ता भएको खुलाएकै दिनदेखि पीडा, वेदनामा पिलपिल हुँदै दुई-दुईपटक राजालाई दिएको विन्तीपत्रको समेत वास्ता नभएको निराशा र पीडाले हृदयघात भएर यो लोक छोड्नुभयो । श्रीमान्को बरखी बारिरहेकी बेला मैले छोरी पनि मारिएको खबर सुन्नुपरेको छ । पीडाको छट्पटीको यो बेला अलापविलाप, हारगुहारबाहेक म अरू के नै गर्न सक्छु र ।
|
|
|
Sursab
Please log in to subscribe to Sursab's postings.
Posted on 08-07-05 10:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफू त नपढेर दुःख पाइयो, छोरीलाई त पढाउँछु भन्ने अठोटका साथ दाजुसँगै बसेर पढ्नका लागिका काठमाडौं पठाएकी मेरी छोरी रेवकला तिवारी बागबजारस्थित पद्मकन्या क्याम्पसमा अध्ययनरत अवस्थामा नै ०६० कात्तिक १३ गते आफ्नो श्रीमान् भवनाथ धमलासँगै शान्ति गोरेटो, चावहिल, काठमाडौंबाट बेपत्ता पारिएको हो । महाराजगन्ज व्यारेकमा काम गर्ने बताउने एकजना मान्छेले घरमा फोन गरी भेट्ने समय र ठाउँ मिलाएर 'तपाईँकी बहिनी कला रोएको देखी दया लागेर खबर दिन आएको, नआत्तिनुहोस्, बरू कोठाको सामान सार्नुहोस् रे, तर यो कुरा कसैलाई नभन्नुहोला, आवश्यक परे म आफैं सम्पर्क गर्छु' भनी छोरालाई भनेको सुनेपछि अनौपचारिक नै भए पनि केही खबर मिलेजस्तो लाग्यो । तैपनि जीवनरक्षाको माग गर्दै बेपत्ता पारिएलगत्तै विभिन्न मानवअधिकार संघ-संस्था तथा सञ्चारमाध्यममा अपिल चढायौं । मिनट, घण्टा, दिन हुँदै महिना अनि वर्ष बिते, तर छोरीको खबर आएन । राष्ट्रिय मानवअधिकार आयोगमा बुझ्दा 'पुलिसले समाएको छैन भन्यो, सेना प्रतिक्रिया आजसम्म आएको छैन' भन्नेबाहेक बढी थाहा भएन । आइसीआरसीले भेटेको पो छ कि भनी मेरा श्रीमान्ले अनेकौंपटक सम्पर्क गर्नुभयो, तर त्यहाँको हालत पनि उस्तै रहेछ, 'दुई-चारजना भेटेका छौं, तर तपाईंकी छोरी भेटिएको छैन, नआत्तिनुहोस्' भन्नेबाहेक अर्को भएन । शाहीसेनाको मानवअधिकार शाखाको जवाफ नै पाइएन । एम्नेस्टीले बरू छोरी बेपत्ता पारिएको समाचार संसारभरि पुर्?याएछ । विदेशबाट समेत नआत्तिनुहोस् भन्ने पत्र पाएँ । स्वदेशकै विभिन्न मानवअधिकार संघ-संस्थाले पनि हाम्राे पहल जारी छ भने । हामी कहिले अनशन बस्ने त कहिले ज्ञापनपत्र बुझाउने काममा लागिरह्यौं । एकदिन त छोरी भेटिएली नि भन्ने आशमा तर आज छोरी सैनिक हिरासतमै सामूहिक रूपमा मारिएको हृदयविदारक खबर आएका छौं । मेरी छोरीले राज्यविरूद्ध काम गरेकाले सजाय दिइएको हो भने कस्तो विधिको दिइयो, होइन जीवित छ भने कहाँ कुन आवस्थामा छ ? यसको खबर पाउनु मेरो नैसर्गिक अधिकार हो । मेरी छोरीको अवस्थाको यो अन्योलतालाई स्पष्ट पार्नका लागि सहयोग गरिदिनुहुन म सम्पूर्ण नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ-संस्था, सञ्चारमाध्यम, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार शाखा, शाही नेपाली सेना, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग- नेपाल शाखा लगायत श्री ५ को सरकार र फेरि पनि श्री ५ महाराजमा समेत यो अपिल गर्छु । मेरी छोरी मारिएको खबरको सत्य-तथ्य पत्ता लगाइयोस् । - वसन्धुरा तिवारी सिर्रोकोट- ७, डुम्रेभञ्ज्याङ, स्याङ्जा
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 08-08-05 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepal has indeed become cursed place where dreadfully degrading crimes have been institutionalized both by the state and the rebel. My blood boils everytime I hear these kind of dehumanizing crimes. I am angry. But am I angry with the RNA or the Maoists ? Yes, but not as much as I am angry with the f---d-up intellectuals, particularly, the 'policy makers' and 'advisors' to the prime-ministers who shaped the state policy of saving the monarchy as the priority No. 1 and hence helped prolong the war. These f--king Dr. This and Dr. That are, in terms of power to influence, primarily responsible for this prolonged war and the tragedies it brought. A prolonged war inevitably brings these kind of degrading atrocities. This is a common sense. What were these frigging Ph.D.s were advising to the prime-ministers all these ten years ? And what other liberal intellectuals are doing about ending the war ? Ending the war is priority No. 1, not just wishing for it, but coming forward with realistic road-map. Only a democratic republic seem to be a realistic plan to end the Maoist rebellion. It gives hope to hear what the 'Naagarik Samaj' declared in Kathmandu last Friday. Krishna Pahadi declared in a mass meeting in Kathmandu on Friday, 5th August: हाम्रो लक्ष्य हो- जनताको विवेकको सर्वोच्चता, हाम्रो गन्तव्य हो- विधीको शासन, हाम्रो बाटो हो- अहिंसात्मक आन्दोलन, र हाम्रो सम्पूर्ण घोषणा हो- लोकतान्त्रिक गणतन्त्र । When we will have विधीको शासन finally in लोकतान्त्रिक गणतन्त्र, these war criminals shall be brought to justice. The victims, we will never forget you and we will honor you with the justice you deserve. Nepe
|
|
|
IndisGuise
Please log in to subscribe to IndisGuise's postings.
Posted on 08-08-05 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Heart wrenching. Our Mr. I am in Control, Murti chor freakin has no time to listen to real people, while some crooks in RNA thinks this is time to do as they please. These assholes should be brought to justice as and when the possibility arises. In the mean while political thugs are happy doing mock parliament. Assoholes have only kursi in mind. Moaists are all modafukers, pathetic, inhumans. Needs to be shot dead. They do not have ANYPOINT whatsoever lu jaa. Yee tin twatta bata desh chute, Nepal ko bhavisye cha natra tyai ho. Desh ko 40yrs+ students haru dhuga muda, julus, andolan, nepal band, chakka jam garna ma matra graduate. Hey rama rama. Ani hamro pashupati maharaj chai khai dhaturro tandai masta. Bekar ma ekchin mood nai kharab bho. IndisGuise:(
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 08-08-05 6:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कृष्ण पाहाडी बुढाले नौलो शब्द जो निकालेछन्। विधीको शासन भनेर। अब यिनले नि अल्मलाउने सुर ल्याए। नेता हुन नजिँकिदेछन्।अनि यो नागरिक समाजको र हाम्रो सम्पूर्ण घोषणा हो- लोकतान्त्रिक गणतन्त्र यहाँ हामी भनेर कसलाई भन्न खोजिएको हो। नागरिक समाजभित्र को को अट्ने हो? शान्ति चाहियो भन्नेहरु अ-नागरिक हुन् पो कि। हाम्रो बाटो हो- अहिंसात्मक आन्दोलन चक्काजाम र बन्दहरु, तोडफोडमा पि. एच. डी. भने गरिराख्ने? बुढा पनि घुमाउरो बाटोबाट राजनितिमा छिर्दैछन्। भन्ने लाग्यो मलाई उनको चर्को भाषण सुन्दाखेरि।
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-08-05 8:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48203 सेनाको विडम्बनापूर्ण मौनता आइतबार कृष्णज्वाला देवकोटाको 'सेना किन बोल्दैन ?' पढेेपछि आँखा रसायो । अमेरिकी सिनेटर प्याटि्रक लेहीले सिनेटमा गरेको सम्बोधनको कडा र तत्काल प्रतिवाद गर्ने शाही नेपाली सेनाले आफ्नै हिरासतमा मारिएका वा 'आत्महत्या' गरे भनिएका नागरिकको फेहरिस्त सञ्चारमाध्यममार्फत जनसमक्ष पुगिसक्दा पनि अद्वितीय मौनता साध्नु विडम्बना हो । कौशिला पोखरेल र कला तिवारीहरूका स्थिति सम्बन्धमा सेनाले मुख नखोल्नु गैरजिम्मेवारीपन पनि हो । यो मुद्दामा सेना मौन बस्दा तिनीहरू पनि कतै साधुराम देवकोटा र चक्र श्रेष्ठजस्तै 'आत्महत्या' गर्न त पुगेनन् भन्ने आशंका पैदा हुनु अस्वभाविक होइन । 'आतंककारीलाई खाना खुवाएको' आरोपमा रमा अधिकारीहरूका छातीमा गोली ठोकिन्छ, परिवारको कुनै सदस्य माओवादीमा संलग्न भएको बहानामा बाँकी सदस्यलाई यातना दिइन्छ । यसलाई सभ्य समाजले 'शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धता' मान्न सक्दैन । यसलाई 'प्रजातन्त्र र राजमुकुटप्रतिको निष्ठा' मान्न पनि सकिन्न । माओवादीले निर्दोष र निहत्था नागरिकको हत्या गरे, जनमानसमा आतंक फैलाए भनेर त्यसलाई रोक्न, छेक्न र तह लगाउन परिचालित सेनाले पनि तिनै नागरिकमाथि त्यही किसिमको ज्यादती गर्नु कहाँसम्मको न्याय हो ? पक्राउ परिसकेका व्यक्तिमाथि मानवीय व्यवहार गर्दै कानुनसम्मत कारबाही अगाडि बढाउनुपर्ने, गैरन्यायिक कार्य गर्न नहुने जस्ता प्रावधानहरू 'जेनेभा महासन्धि'ले स्पष्ट व्यवस्था गरेको छ । तसर्थ अभिसन्धिमा उल्लेख भएबमोजिम द्वन्द्वका बेला पनि सेना र माओवादी दुवैले नागरिकको बाँच्न पाउने अधिकारको अधिकतम सम्मान गर्दै 'आत्महत्या' र 'सफाया' का नाटकहरू बन्द गर्नुपर्छ । - आर अधिकारी, एस कटुवाल कीर्तिपुर, काठमाडौं
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-08-05 9:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48203 मौन नबसौं 'सेना किन बोल्दैन ?' लेख पढ्दा हृदय छियाछिया भयो । नेपाली सेना शान्ति स्थापना गर्न बाहिरी देश जान्छ, तर आफ्नै देशवासीमाथि शब्दमै उतार्न नसकिने गरी यौनदुव्र्यवहार लगायत घटना भएका समाचार छापिनु अत्यन्तै दुःखको कुरा हो । 'मलाई गर्व छ, नेपाली हुनुमा' यो शब्द कति पि्रय छ, तर आज यो देशमा माओवादीको हिंसा, सुरक्षाकर्मीको बदनामी, नेताहरूको कुशासन, सरकारको मौनता देखेर 'नेपाली हुनुमा पीडा' शब्द पो सार्थक हुँदै गएको छ । यो मार्मिक लेखले नेपाली जनता एवं शासकलाई पुनः एकचोटी ब्युँझाइदिएको छ । यसमा हामी सबै मिलेर आ-आफ्नो क्षेत्रबाट सहयोग गरी हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ । यस्ता घटनाप्रति मानवअधिकारवादी, एम्नेष्टी लगायत यस क्षेत्रसँग सम्बन्धित संघ-संस्था, अन्तर्राष्ट्रियस्तर पनि मौन नबसोस् । - रमेश घिमिरे कोटेश्वर, काठमाडौं
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-08-05 9:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48203 जेनेभा सन्धिको उल्लंघन 'सेना किन बोल्दैन ?' लेख मार्मिक लाग्यो । सेनाले विभिन्न समयमा बन्दी बनाइएका भनिएका व्यक्तिहरू कथितरुपमा रहस्यमय ढंगले हिरासतमै मारिने, त्यसको उचित छानबिन नगरी प्रतिवेदन सार्वजनिक गरिने र बन्दीहरूको स्थिति सार्वजनिक नगरिने परम्पराले जेनेभा महासन्धिको उल्लंघन गरेको छ । बन्दीलाई आफ्नै किसिमले सजाय दिने र शारीरिक तथा मानसिक यातना दिने हो भने किन चाहियो ऐन-नियम ? किन चाहियो अड्डा-अदालत ? जुनसुकै कारणले बन्दी बनाइएका भए पनि तिनलाई कहाँ र कुन अवस्थामा राखिएको छ, तिनको स्थिति कस्तो छ भन्नेबारे यथार्थ सार्वजनिक हुनुपर्छ । कानुनी राजको आधारभूत मान्यता हो यो । सरकारले यसको पालना गरोस् । तर हिरासतमा भएका क्रियाकलापबारे कसैलाई जानकारी गराइएन भने, जानकारी गराइहाले पनि यथार्थ र भनाइमा फरक देखिए, त्यसले पर्दापछाडि मानवताविरोधी र अन्तर्राष्ट्रिय अभिसन्धीहरुको पालना नभएको हो कि भन्ने जनसाधरणको अनुमानमा बल पुर्?याउँछ । सुरक्षाकर्मीप्रति यस्तो अनास्था र अविश्व्ाास पैदा भए त्यो सबैका निम्ति दुर्भाग्य हुन जान्छ । तर आम नागरिकको विश्वास जित्न सेनाले विगत र वर्तमानमा हुँदै आएका हिरासतभित्रका संपूर्ण गतिविधिको यथार्थ विवरण सार्वजनिक गरिनुपर्छ । र विगतमा विवादास्पद बनेका मुद्दाहरुबारे पुनः निष्पक्ष छानबिन हुन जरूरी छ । बन्दी बनाइएका व्यक्तिहरूका सम्बन्धमा पनि यथार्थ सार्वजनिक गरिनुपर्छ, तिनलाई पत्रकार, मानवअधिकारवादी, नागरिक समाज तथा आफन्तलाई विनासर्त भेट गर्न दिइनुपर्छ । - नरेन्द्र देवकोटा हेटौंडा- ८, मकवानपुर हाल ः पाटन, ललितपुर
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-08-05 9:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48203 जवाफ चाहियो 'सेना किन बोल्दैन ?' पढेपछि मनमा धेरै प्रश्नहरू उब्जिए । ती घटनाहरू सपना हुन् या विपना ? साँच्चै राज्य यति भयावह र अनुदार हुनसक्छ ? वृद्ध बाबुआमाहरूका पुकार नसुन्नेहरू कसका पुकार सुनिरहेका छन् ? आफ्नै दिदी-बहिनीलाई पाशविक यातनासहित बलात्कार गनेर्ले कसलाई सुरक्षा दिन्छन् ? वसुन्धरा तिवारीकी छोरी आम नेापलीको छोरी हो । एकजना छोरीको अस्मिता लुट्नेहरूले राष्ट्रिय अस्मिता जोगाउँछु भनेर किन सपथ खाने ? नारी पृथ्वी हो । पृथ्वीमा बलात्कार गर्नु भनेको विश्वबाटै आफ्नो अन्तिम ढोका उघारिनु हो । आज यी बूढी आमाको पीडा आम नेपाली आमाहरूको पीडा हो । रेवकला तिवारीले नराम्रै गरेको भए पनि आजीवन जेल चलान गर्न सकिन्थ्यो । र परिवार सदस्यलाई भेट्न दिन पनि सकिन्थ्यो । होइन, हत्या गर्नैपर्ने 'तृष्णा' जागेछ त अन्तिमपटक परिवारलाई भेटाएर विनाबलात्कार हत्या गरिएको भए के बिग्रन्थ्यो ? तैपनि हामी अझै आशावादी छौं, रेवकलाहरू अझै जीवितै छन् । यससँगै जोडिएको अर्को घटना 'शिक्षक चक्र श्रेष्ठको गजुरी ब्यारेक, धादिङमा स्लिपिङ ब्यागको डोरीले झुन्डिएर आत्महत्या' को हो । सारा नेपालीले उनले त्यसरी आत्महत्या गरे भनेर पत्याए पनि म पत्याउँदिन । किनभने म ती शिक्षकको एकदेखि १० सम्मको विद्यार्थी हुँ । र म उनी र उनको विचारलाई राम्ररी जान्दछु । एकताकेन्द्र मसालका पूर्वसमर्थक श्रेष्ठले मदन भण्डारीको मृत्युपर्यन्त एमालेबाट साधारण सदस्यता लिएका थिए । त्यसपछि पनि उनको आस्था एमालेमै थियो । तर उनी माओवादीको आरोपमा पक्राउ परे र ब्यारेकभित्र स्लिपिङ ब्यागको खोलको सहायताले 'आत्महत्या' गरे भनियो । ती निर्दोष श्रेष्ठले के गल्ती गरेका थिए र झुन्डिएर मर्नुपर्?यो ? के उनको नियति नै यही थियो ? वा अरूको पनि ? सेनाले जवाफ देओस् । - सरिता ढकाल ओसिस ल्याङवेज सेन्टर ठमेल, काठमाडौं
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-11-05 8:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48417 - सेनाको मौनता सम्पादकज्यू, शाही सेनाको जवाफदेहिता संविधानअनुसार तोकिएको कार्यकारिणी प्रमुखप्रति हुन्छ । त्यसैले सेनाले जनतालाई सोझै स्पष्टीकरण दिइरहनु पर्दैन । विगतमा शाही सेनाले विज्ञप्तिबाट दिने गरेका जानकारी पनि शाही सेनाबाट नभई सरकार प्रमुखबाट वा सरकारको सम्बन्धित जिम्मेवार निकायबाट आउनुपथ्र्यो, प्रायःजसो त्यही प्रक्रिया पुर्?याएर आएकै थियो । तर माघ १९ पछि किन हो, सेना आफैं अघि सरेर बोलिरहेको छ । तैपनि 'सेना किन बोल्दैन ?' भन्ने कृष्णज्वाला देवकोटाको लेखप्रति सेना मौन रहनुले घटना विवरणप्रतिको विश्वसनीयता अझै बढ्न पुगेको छ । होइन, कलाहरूलाई पक्राउ गरिएकै थिएन, तिनलाई व्यारेकमा राखिएकै होइन, तिनलाई यातना दिइएकै होइन र तिनलाई बलात्कारपछि हत्या गरिएकै होइन भने सेनाले जनमानसमा जस्तो सन्देश गएको छ, त्यसलाई चिर्न तत्काल मुख खोल्नुपर्छ । यसले सेनाप्रति जनविश्वास घट्दैन, बरु बढ्न जान्छ । - हेमन्तराज जोशी कुपन्डोल, ललितपुर
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-11-05 8:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=48417 उच्चायोगको प्रतीक्षा रेवकला तिवारी लगायत तीनजना चेलीको अमानवीय हत्यासम्बन्धी आलेख र भोलिपल्ट रेवकलाकी पीडित आमाको रोदन पढ्दा मुलुकभित्रै कोही पनि सुरक्षित छैनन् जस्तो लाग्यो । सेनाले रेवकलासहित अन्य चेलीलाई बलात्कारपछि हत्या गरेको हो-होइन भन्ने प्रमाण तत्काल जनतासामु प्रस्तुत गर्नुपर्छ । रेवकला असाध्यै रोइन् भनेर एक जवानले परिवारलाई रेवकलाको स्थितिबारे फोन गरेर सुटुक्क जानकारी दिएको आमाको अपिलमा उल्लेख छ । यसले सेनाभित्र सबै मानवताविरोधी छैनन् भन्ने प्रस्ट हुन्छ । म ती जवानलाई धन्यवाद दिन्छु र उनीसँग आग्रह गर्छु, 'मानवताप्रति तिमी साँच्चै निष्ठावान हौ भने र तिमीलाई रेवकलाबारे यथार्थ जानकारी छ भने उनको परिवार वा मानवअधिकारवादी संघ-संस्थामा फेरि एकपटक त्यसैगरी सुटुक्क सत्यतथ्य जानकारी गराऊ । मानवताको लागि तिम्रो त्यो उपकार मानव इतिहासले सधैँ सम्भिmरहनेछ । बन्दुकको बलमा अहिले जनताको मुख थुनिएको छ । तैपनि रेवकलाहरूको सैनिक हिरासतमा बलात्कारपछि हत्या भएकै हो भने संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयोग के हेरेर बसेको छ ? कि उसले भन्नुपर्?यो- 'यो सानो घटना हो, यसप्रति हाम्रो चासो छैन ।' होइन भने तत्काल छानबिन सुरु गरी यथार्थ जानकारी विश्वसामु पुर्?याउनुपर्छ । हामी आयोगको अनुसन्धानको प्रतीक्षामा छौं । - उत्तम नेपाली वानेश्वर, काठमाडौं
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-21-05 10:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=49449 पत्रकारलाई ज्यानको धम्की काठमाडौं, ५ भदौ (कास)- आफूलाई सुरक्षाफौज बताउने अज्ञात व्यक्तिहरूले कान्तिपुरका पत्रकार कृष्णज्वाला देवकोटालाई बारम्बार ज्यान मार्ने धम्की दिइरहेका छन् । उनले आफूलाई त्यस्तो धम्की टेलिफोन र विद्युतीय सन्देश (इमेल) बाट आउने गरेको बताए । कान्तिपुरमा साउन २३ गते उनको 'सेना किन बोल्दैन ?' लेख प्रकाशित भएदेखि टेलिफोनमा धम्कीको शृंखला सुरु भएको हो । हरेक टेलिफोन र इमेलमा देवकोटालाई एउटै धम्की दिने गरिएको छ, 'सेनालाई बदनाम गर्ने तँ को होस् । हामी तँलाई सिध्याइदिन्छौं ।' 'यो स्वतन्त्र सञ्चार माध्यम र प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमण हो' पत्रकार महासंघले विज्ञप्ति जारी गरी भनेको छ- 'राज्यद्वारा प्रायोजित यस्ता धम्की तत्काल बन्द गर्न महासंघ माग गर्छ ।'
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-30-05 10:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाद्र १५ को जनआश्थाबाट: सैन्य हिरासतका महिलाको रोदन काठमाडौं । ०६१ पौष १८ गते एक्कासी युवती चिच्याएको आवाज आयो? मरें नि आमा ! यातना पाएर त्रसित भएको अवस्थामा यस आवाजले झन्? त्रसित बनायो मलाइ । चिच्याएको दुई घण्टापछि एक युवतीलाई म रहेको कोठामा ल्याइयो । युवतीलाई एकजना सैनिक हवल्दार नजिकै आएर प्रश्न सोध्दै थिए? 'तिम्रो नाम के हो ? कहिलेबाट लाग्यौ माओवादीमा ?' 'एक वर्ष भयो पार्टीमा लागेको, रेणु दाहाल हो मेरो नाम'? उनको जवाफ भूईमा खस्न नपाउँदै लाजै लाग्ने अर्को प्रश्न बज्रियो । (काठमाडौंको नाङ्?लेभारे लप्सीफेदी गाविस घर बताउने भर्खरै १६ वर्ष पुगेकी ती किशोरी आफ्?नै संगठनमा काम गर्ने साथीको माध्यमबाट चाबहिलको कोठाबाट पक्राउ परेकी थिइन्?।) "तिमी कति जनासँग सुत्यौ ? केटा फेर्न पाइन्छ भनेर हैन त माओवादीमा लागेको ?" "हुँदैन, हाम्रोमा त्यस्तो हुँदैन"? उनले काम्दै बताइन्? । भर्खरै शौचालयमा राखेको पानीमा डुबाएर ल्याएकाले उनी जाडोले काम्दै थिइन्?, पौष महिनाको ठण्डीमा । "ढाट्?छेस्? ? सत्य बोल्?, नत्र थाहा पाउँछेस्? !" त्यहाँका सिपाहीले हल्दार साहेब भनेर बोलाउने गरेका ती सैनिक अत्यन्तै कडा स्वभावका थिए । बन्दीलाई अनुसन्धानको क्रममा पिट्?ने र चिसो सिमेन्टमा हत्कडी लगाएर लडाइदिने जिम्मेवारी उनकै थियो । अनुसन्धान गर्ने कोठाबाट छुट्टै कोठामा लगिसकेको अवस्थामा ड्?युटीमा रहेका सिपाहीहरुलाई माओवादीको आरोपमा पक्राउ परेकाहरुसँग बोल्न प्राय: बन्देज थियो । त्यस अवस्थामा पनि किन ती युवतीप्रति त्यस्ता प्रश्नहरु सोधिए होलान्? ? मेरो मनमा कुराहरु खेल्न थाले । त्यस कोठामा महोत्तरीका अनन्तराम घिमिरे र ममात्रै थियौं । हामीलाई त्यहा? एकछिन हल्लिन र खोक्नसमेत नदिई मुखमा कालोपट्टि र हातमा हत्कडी लगाएर लडाइएको थियो । यो कुरा छाउनीस्थित रेञ्जर गण (महावीर) को हो । एक्कासी एक जवानको आवाज सुनियो? बहिनीको भिजेको कपडा म खोल्दिन्छु । यति भनेर ती जवान अगाडि बढेको बुझियो । त्यसपछि हामी (म र अनन्त) लाई तुरुन्त अर्को कोठामा सारियो । ती युवती एक्लै त्यहीं रहिन्? । त्यसपछिको ताण्डव नृत्यमा के भयो होला, त्यो म बताउन सक्दिन । मैले बुझेअनुसार अनुसन्धान गर्ने त्यस गणमा कुनै महिला सैनिक थिएनन्? । सबै महिलासँग पुरुषले नै बयान लिन्थे । त्यहाँको यातनामा मुख्यत: करेन्ट लगाउनु थियो । मैले ती युवती चिच्याउनुको कारण करेन्ट हुनुपर्छ भनी लख काटें । सामान्य कार्यकर्ताको भूमिका खेलिरहेकी रेणु दाहाल पछिल्लो समयमा उपत्यका कमाण्डको ब्यारेक श्रीजगण सिंहदरबारमा भएको जानकारी पाएको थिएँ, तर हाल उनी बेपत्ता पारिएकी छन्? । क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-30-05 10:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिरासतमै रहँदा ड्?युटीमा खटिएका सिपाहीहरु धेरैजसो केटीहरुको कुरा गरिरहेका हुन्थे । म सिंहदरबारमा रहँदा एकजना सिपाहीले नुवाकोटमा बलात्कार गरेर मारिएकी कुनै युवतीको विषयमा कुरा गर्दै थिए । अहिलेको नेपालको राज्यसत्ता अध्यात्मवादी चिन्तनअनुसार धार्मिक संरचनामा आधारित छ । यो राज्य मार्क्सको भौतिकवादी दर्शनमा हैन कौटिल्य र मनुस्मृतिको पूर्वीय दर्शनमा विश्वास राख्दै सञ्चालन भएको छ । धर्मशास्त्रमा महिलालाई एउटा आदर्श देवी, आमा तथा दिदी?बहिनीको रुपमा लिइन्छ । परस्त्रीप्रति आँखा लगाउँदासमेत पाप लाग्ने र त्यसले ठूलो नर्कको दण्ड भोग्नुपर्ने कुरा धर्मग्रन्थमा उल्लेख गरिएको छ । यस्तो आदर्शलाई शीरोपर गर्ने यो राज्य व्यवस्थामा राज्यबाट नै महिलाहरुको अस्मितामाथि प्रश्नचिन्ह लाग्ने कार्य हुनु सामान्य विषय हैन । यदि गलत बाटोमा लागेका जोकोही भए पनि उनीहरुलाई कानूनअनुसार कारबाही गर्नुपर्ने हो कि ! हिरासतमा रहेकै अवस्थामा हालसम्म चारजना महिलाहरु दुर्गा बिसंखे (दुई बच्चाकी आमा), कौशिला पोखरेल (प्रशान्तकी श्रीमती), रेवकला तिवारी (भवनाथ धमलाकी श्रीमती), र रेणु दाहालको हत्या भएको समाचार साउन १९ को जनआस्थामा प्रकाशित भइसकेको भए पनि आजसम्म सेना यस विषयमा मौन छ । यस विषयमा स्तम्भ लेखेकै आधारमा कान्तिपुरका पत्रकार कृष्णज्वाला देवकोटालाई ज्यान लिने धम्की दिइएको छ । अझै पनि हिरासतमा कैयौं महिलाहरु रहेका छन्? । तिनीहरु कसरी ब्यारेकमा रहेका होलान्? ? यस विषयमा सबैको ध्यान जानु अहिलेको ज्वलन्त सवाल बनेको छ । ? चन्द्रलाल गिरी
|
|