[Show all top banners]

saathtimro

More by saathtimro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 what a shame???
[VIEWED 3584 TIMES]
SAVE! for ease of future access.
Posted on 10-04-09 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


महिला प्रहरी बलात्कृत

जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एक जना महिला प्रहरीलाई प्रहरी सहायक निरीक्षकसहितका सात जना प्रहरीहरूले सामूहिक बलात्कार गरेका छन्।

चरेस मिसाइएको मासु खुवाएर बेहोस बनाई सामूहिक बलात्कार गरेको पीडित महिला प्रहरीले बताएकी छन्। पीडितका आफन्तहरूले दिएको जानकारीअनुसार दशैंको अघिल्लो दिन राति उनीमाथि जिल्ला प्रहरी कार्यालय अछामको सञ्चार विभागमा कार्यरत प्रहरी सहायक निरीक्षक दानसिंह भण्डारी, प्रहरी हवलदारद्वय करवीर थलाल र वीरेन्द्र बम, जवानहरू डम्बर पाल, जगदीश पाण्डे, नरिभान महतरा र वीरादत्त बडुले सामूहिक बलात्कार गरेका हुन्।

नवमीको दिन सञ्चारमा कार्यरत प्रसनि भण्डारीले सञ्चार उपकरणहरूको पूजा गर्न बोलाएपछि आफू कार्यालय पुगेको पीडित महिला प्रहरी जवानले बताइन्। ‘सोही दिन बोका काटेकाले मासु बनाइएको थियो, मासुमा चरेस मिसाएर मलाई पनि खुवाएको पत्तै भएन’ -उनले भनिन्।

मासु खाएपछि बेहोस भएको मौका छोपी आफूलाई बलात्कार गरेको गुनासो उनले गरिन्। सामूहिक बलात्कारपछि बेहोस भएकोमा मध्यराति होस खुलेपछि मंगलसेन बजारमा रहेका आफ्ना पतिलाई फोन गरेर ज्रि्रका बोलाएको शनिबार धनगढी पुगेकी उनले सञ्चारकर्मीहरूलाई बताइन्।

दशैंको बेला प्रहरी नायब उपरीक्षक हीरालाल धमला घर गएकाले जिल्ला प्रहरीको कमान्ड प्रहरी निरीक्षकले सम्हालेका थिए। निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका व्यक्तिले आफ्नो उजुरी दर्ता नगरेको उनले बताइन्। जिल्ला प्रहरी कार्यालय अछाममा निवेदन दर्ता नगरिएपछि उनले असोज १४ गते क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा निवेदन दर्ता गराएकी थिइन्। हाल उनलाई धनगढीमा रहेको डीआईजी निवासमा राखिएको छ।

यता सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पार्वती थापाले घटनामा धेरै सत्यता रहेको बताइन्। उनले क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेम चन्दको नेतृत्वमा दुई जना महिला प्रहरी अधिकृतसमेत रहेको पाँच सदस्यीय छानबिन समिति गठन गरेर मंगलसेन पठाएको जानकारी दिइन्।

बलात्कारको आरोप लागेका प्रहरी सहायक निरीक्षक भण्डारीसहित सबै प्रहरीले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गरेका छन्। पीडित महिलाले आफ्नो श्रीमान् दाबी गरेका टेकेन्द्र शाह अछामका स्थानीय बासिन्दा भएको र उनी ती महिला प्रहरीको कोठामा राति भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

अछाम ज्रि्रकाका अनुसार शाह उनका श्रीमान् नभएर प्रेमी मात्रै हुन्। प्रहरी कार्यालयभित्र बाहिरको मान्छे ल्याएर मदिरामा लट्ठिएर सुतेको अवस्थामा उनी भेटिएपछि डयुटी चेकजाँचमा गएका प्रहरी अधिकृतसहितका कर्मचारीमाथि बलात्कारको आरोप लगाइएको जिल्ला प्रहरी कार्यालयको दाबी छ।

http://www.newsofnepal.com/new/detailnews.php?type=mahanagar&id=4564

Last edited: 04-Oct-09 12:59 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters