हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
ल हेर मेरो उत्तर त रातेले दिहाल्यो नि "त्यस्तो होइन नि" । ठ्याक्कै कुरो तेइ हो मिस , अब मिस सं रिसार फयल हुन मुन लाको होला त मलाइ? अलि डर लाउचक्या मिस सं , मिस को त्यो छडि त कस्तो कडा छ अब मिस सां काड रिसाउनि हो । कैले काइ त मिसका पछाडि त कुरो काट्चम है त्यो लौराको रिस पोख्न । ल हेरे राते के छ तनी माथ्ला गाम तिर ? यो तल्ला गाममा त पानीया नी हिम मिसिएर दर्कि राखिकेको छ , यसो यतै गामको बिन्धेबासीनी जाम भनेको कसरी छिचोल्ने हो कुन्नि ?
नमस्कार गाम्ले हरु म अल्लि बिरामी भएको ले गर्दा चौपारि आउन सकिन गाम्ले हरु चौतारी लाइ राम्रो सँग सिगार्नु सकिन अर्को पटक धेरै राम्रो चौतारी बनाउने बाचा गर्छु । गल्ति मा क्षमा चाहन्छु ।
'----कैले काइ त मिसका पछाडि त कुरो काट्चम है-----' हैन ए असत्तिमोरो क्यार्न कुरो काट्चौ मेरो । जाउ पारिपाखाँ बाख्रालै घास काट्न बरु, मेरो कुरो काट्नु भन्दा। त्यैबेला 'आच्चियूझार' ल्या'र आम्नु-- अनिखेरिमा फर्किदाचै मेरो बारियाँ डिलडिलै आम्नु (मनमनै तेइनिर बकाइनोको ठुटो छ के रे त्यसैले बुढिओलाँ ठेसलाग्छ अनिखेरि टुप्लुक्क पिढियाँ बस्न आम्चन के रे मेरोपालो त्यैबेलाँ 'आच्चियूझार' नि नाका कोचिदिन्छु):)
सन्चै भेडेजी :D अरुले त्यै नाम भुन्या र'चन के रे अनिखेरि मुइले नि तेइ भुनेकिम है
नया चौतारी बनेर पुनि ४-५ गाम हालिसकेछ! जय होस् स्यान्कान्छाको! (अर्को पाला भने बियर दाप्दै नबनाएस्!) अनि गाम्ले हो, पचासौं चौतारी अलि भब्य बनाउनु परो, पच्चीसौं जस्तै! शुरु गर्नेले पनि एकदम भब्यताका साथ शुरु गर्ने, बरु अहिल्यै तोकौँ कल्ले पचासौं चौतारी शुरु गर्ने भनेर। अनि सप्पैले केहि न केहि नया लेख्ने पर्ने भनेर उर्दी पनि जारी गरौं। पुराना गन्य-मान्यहरुलाई पनि निम्तो गरौं।
************ यो चिण्डे किन मिसलाई जे पायो त्यहि भन्छ हँ? गामनिकाला होला, होश गर्!
(चिण्डे ब्रो, चौतारीका आफ्नै नियम-कानून र सभ्यता छ र एकापसको सम्बन्धमा पनि सम्मान र सादगी छ, त्यसैले अलि ध्यान दिएरमात्रै लेखौंहोला। चौतारीको कुनै पात्रको बारेमा धारणा बनाउनुभन्दा पहिले चौतारीका पूराना अंकहरु पढ्नुहोला।)
के किस गर्नु कुनै नराम्रो कुरा हो र? माया भनेको जस्लाई पनि गर्न सकिन्छ, मात्र फरक हुन्छ त तरिका। के तिमि आफ्नो भाई, दिदि, बहिनि अनि दाजु अनि आमा बुबा लाई माया गर्दैनौ?
मेरो भन्नु खासै केहि छैन मनको कुरा हो ...........................................
हन कल्ले काटो मिसको कुरा, काम नपाका मोराहरु, यसपाली नि किलास चढ्ने मुन नभाकाहरु । तेइ किलासाँ बस्नु पर्दा था हुन्छ नि मिसको कुरा काटेको फल ।
गोताएँ दाइको कुरो मुलाइ नि मुनासिब लायो है, गाम्लेहुर ! ५०औं भाग सानोतिनो उपल्ब्धी पक्कै पनि होइन । तसर्थ चौतारीको पचासौं खुड्किलोमा पुराना गाम्लेहरुलाइ नि कार्ड दिएर आमान्त्रीत गर्नुपर्छ, खसी काटेर भोज खानुपर्छ । जिम्माल बाको तर्फबाट व्हिप जारी हुनुपर्छ, सबैले केइ न केइ नयाँ कोसेली पस्कनै पर्ने । स्वर्ण अंक गज्जप बनाउनु पर्छ!
के छ हरि पासा, भूतले खाजा खाने बेला कता हो एक्लइ, भूतले खाजा खोस्न आयो भनेर लखेट्ला नि, होस गर है ।
अन्त्यमा चौतारीको मर्यादामा रहेर मात्रै चौतारीका बिभिन्न कृयाकलापमा सहभागी भईदिनु हुन सबैलाइ अनुरोध गर्दै मेर दुई शब्द यहीं टुङ्ग्याउँछु, सबैको जय होस् ।
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.