nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 151660 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-22-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ म चाहिँ नीलो रङ्गको सारी लगाउँछु, ठुल्नानी, हुन्छ?

हाइ शुभ, के छ?
 
Posted on 08-22-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निलो साडी!!!!
wow!!!

सबैलाई नमस्ते गरेँ है!!
 
Posted on 08-22-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" माया साह्रै मह्गो ..." त हेम्नत शर्माको रैच, गित पनि सारै महंगो पो रैच, कै पनि छैन । तर हेम्नत शर्माकै अर्को गित चै भेटियो, तर अलि भावुक पो छ त !


 
Posted on 08-22-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानि र प्रीति तिमेरले सारी लाउने रे भौतेदाइ को बिहा मा ,प्रीति निलो ठुल्नानि गुलाबि अब म चै कस्तो लाउनि होला :( सोच्नै पर्ने भो।
 
Posted on 08-22-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ प्रिती :)
अब भे'न उसो भा ।म नि तयारी गर्न पर्यो कपडाको । मेरो त २ वर्ष अघि को रंग खुइल्या कालो पेन्ट र रंग खुइल्या खैरो सर्ट छ । त्यहि लाउन पर्ला धोएर ।
 
Posted on 08-22-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बेमा जानी नि तेस्तो पुरानो के लाउने मिस। ठुल्नानीले भन्या जस्तै सिर् (ठुल्नानीले के त अस्तिन अनि जिम्माल् बाले अर्थाको मलाई त :)) लाई भनेर नयाँ सारी किन्नु के। तिरु तिमि कुन रङ्गको लगाउने छिटो भन ल।
 
Posted on 08-22-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै मैले अघि भनेको पेन्टर सर्ट नै सुहाउछ रे मलै त .. "सिर" ले भन्या..
 
Posted on 08-22-06 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीति ल म चै peach कलर् को लगाउने भए , मेरो फेवरेट् कलर् पनि हो ।
मिस् चै किन पाइन्ट् शर्ट् नि लाउने नि ? :)
यो सिर् के हो प्रीति मलाइ नि भन न ?
 
Posted on 08-22-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैलाई के को धन्दा, केटीहुरलाई साडीको धन्दा। :p :p

उता पुन्टेदाइ बाँधेर लडाका ठाम बाट फुत्केर भागे अरे। थाह पाएनौ ? पैला पुन्टेदाइलाई तह लाएर कुरो पक्का हुन त देओ न केटी हो। अनि त तिमेरुलाई गोनुचाको पसलाँ लगेर जस्तो भन्चौ त्यस्तै एक एकोटा साडी हाल्दिम्ला नि। बरु साडीमा सेट मिलाम्ने एक एकोटा बुलाउज को कपडा र रिबन पनि किन्दिम्ला। बुलाउजलाई त कति कपडा लाग्ला र, एउटीलाई एउ बित्ता भे पुगिहाल्छ। :p :D कुरो पक्का भे'सि त्यो हर्खमा मैले त्यति पनि नअरम्ला त? ;)

अझ त्यो तितौरीले त माझीमाइला दाइ काँ गएर जालको धागो माग्दै थी' रे, मेरो छोरोको लागि कन्ननी बाट्न। हैन के सारो हुन हउ यी केटीहरु। बिहे हुन काँ छ काँ कन्ननी खोज्दै हिन्नी गाँठे। :-) आफूलाई यहाँ जुरेलीलाई जोगाउनै कत्रो गारो। :p

बरु पैला घराँ डोरी, लठ्ठी, आँसी, हतासो, कपडा ठटाम्नी मुग्रो जे जे छ बोकेर हिँन, पुन्टेदाइलाई छोप्न। बिर्खेका खरबारी खरबारी हुँइकिँदै झरेर शेखाम तिर उकालो ला'का थे'रे। यता वालिङ स्याउँजा, नाउँडाँडाको बाटो जाँदा थाह पाम्छन भनेर उता शेखाम, गजरकोट, भिमाद, दमौली हुँदै पोखरा जान कस्सेका होलान। मुलाई थाह छ नि तिनको पिलान :-) धोबिनीलाई नि त्यै बाटो मनकामना पुर्याका हुन के तिनले। :p

:-)
-भउते
 
Posted on 08-22-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol bhaute...Hillarious!!

ke ke aaune yaar!!
 
Posted on 08-22-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्याम्को नी छ लौ बज्या
दमाहा नी- सुन्छु
नर्सिङ्गा नि तन्केर घन्क्या
सनाई नी लौ - सुन्छु
झ्यामटा झ्याम्म झम्क्या
बेहुला त गाँठे! झोक्राको देख्छु
भतुवा जन्ती चैं चम्क्या
कस्को ब्या हो ए बज्या!
चिन्या चिन्या नी मान्छु
बेहुला त भउते पो र च आच्या!


जदौ।
 
Posted on 08-22-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-06 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु ल ल राम्रो हुन्छ पिच् कलर् मलाई नि मनपर्छ। यो सिर् भन्या चाहिँ सर हो के। ठुल्नानीले sir लेखेर नेपलीमा convert गरिछे के।

मामा र दीपले कति हँसाको ...:D:D
 
Posted on 08-22-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो सल्लाह् खरानि को डल्ला भे'छ् नि त सान्नानि ठुल्नानि हेर भौतेदाइ को बे' नहुनि जस्तो छ। बरु चित्रे को बे मा लाउने हो कि अब ;-)
 
Posted on 08-22-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीजाँ नी क्यार्न कालोपत्रे रङ्गको सारी लाम्नी कुरो अर्चन भनेर गम्दा हुँदी पो बुझियो आरु रङ् लाम्नी भन्या रचन -- आरु लै त आरु नै भन्थिम् के रे हामि त --- पिच भनेसी त अब् उइ त हो नी कालपत्रे सटक।
 
Posted on 08-22-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु तिमी रङ को सारी लगाउने । हामी (तिरु, म र सान्नानी) तृमुर्ती जस्तै देक्छ । मिस् तपाइ चै रातो सारि लाउनुस् न। अनि सर् लै चै सेतो रङ् को दौरा सुरुवल् र् कालो कोत् लाउनुस् भुनु। जोदि राम्रो देखिन्च।
सुभे तिमि चै के लगाउचौनि।
 
Posted on 08-22-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो माथ्लाबजारे ठुलीको चैं कुरै मिठो के त्यै आरु जस्तो।
 
Posted on 08-22-06 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु चित्रे को बिहे को सँग हुँदै छ । तेही तल्लो गाउ के नखर्माउली सँग हो । म त उस्को बिहे मा म जान। :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters