This is just so wrong and so sad.
आमाको नभएर बाबुको कारणले छोरा या छोरीको जन्म हुन्छ भन्ने कुरा चिकित्सा विज्ञानले बर्षौंअगाडी प्रमाणित गरिसके पनि छोरी जन्माएको निहुँमा सयौं महिला श्रीमान र परिवारवाट नै विभिन्न खाले हिँसाको शिकार बनिहरेका छन् । यस्तै घरेलु हिँसाको पछिल्लो सिकार भएकी छन् झापाको तोपगाछी गाविस ८ निवासी मोहन हरिजनकी २१ वर्षिय छोरी ज्योति हरिजन । उनलाई छोरा नजन्माएको भन्दै श्रीमानले जवरजस्ती मट्टितेल छर्केर शरीरमा आगो लगाइदिए ।
सँगै बाँच्ने, सँगै मर्ने पनि अग्निमा सात फेरा लगाएर विहे गरेको आफ्नै लोग्नेले आगो लगाएपछि शरीर जलेर मरणासन्न अवस्थामा पुगेकी ज्योति अहिले उपचारको अभावमा ओछ्यानमा छटपटाइरहेकी छन् ।
२०६७ साल असार २० गते झापाकै चकचकी गाविस, वडा नम्बर-२ निवासी साजन हरिजनसँग परम्परागत विवाह वन्धनमा वाँधिएकी ज्योतिले गत वैशाख २३ गते छोरी जन्माएकी थिइन् । उनका अनुसार छोरी जन्मिएलगत्तै श्रीमानले कुटपिट गर्ने लगायतत विभिन्न शारीरिक र मानसीक यातना थाले । ‘सवैले छोराको आशा गरेका थिए, किन छोरी जन्माइस् भन्दै कुटपिट गरिन्थ्यो’, उनले व्यथा सुनाइन्, ‘यसै क्रममा गत असार २० गते शनिवार राति अन्दाजी १० वजेको थियो, सुत्ने तरखरमा थियौं । श्रीमानले वत्तीको मट्टीतेल शरीरमा छर्किनु भयो र सलाईको काँटी बालेर मेरो शरीरमा फाल्नुभयो । त्यसपछि आगो शरीरमा दन्दनी वल्न थाल्यो, म गुहार भन्दै चिच्याउन थालें तर श्रीमान् ढोका वन्द गरेर वसे । यत्तिकैमा छिमेकी आएर आगो निभाए रे म त वेहोस भएँछु केही थाहा भएन ।’
विवाहपछि ससुरालीनजिक तोपगाछीको केर्खा वजारमा वस्दै आएका साजनले डेरा बसेको कोठामा नै श्रीमतीलाई छोरी जन्माएको झोंकमा जीउँदै आगो लगाएका थिए । आगोले ज्योतिको सवैभन्दा वढी घाँटी, पेट, छाती, हात खुट्टामा गम्भिर चोट लागेको छ ।
आगोले जली घाइते भएकी ज्योतीको उपाचरमा हालसम्म लगभग चार लाख रुपैयाँ खर्च भइसकेको छ । उक्त खर्च ज्योतिका वुवा मोहनले ऋण गरेर उपचार गरेको जानकरी दिए । ५ महिनाकी नातिनीसहित माइती घरमा नै शरण लिएर उपचार गरिहरेकी ज्योतिको डढेको शरीर आर्थिक अभावका कारण कारण उपचारमा समेत समस्या भएको वुवा मोहनले वताए । यसरी आफ्नो सग्लो शरीरमा आगो लगाएर गरिखान नसक्ने वनाएकोमा दोषीलाई कडा कार्वाही हुनु पर्ने पिडितको माग छ ।
टिकाराम