यौन शोषकको तुजुक
१३ वर्षकी छोरीलाई पाशविक बलात्कार गर्दै ३०-३० वर्ष सम्म आफ्नो यौन क्षुधा मेटाउने पशु आज नेपालमा १ नँबरको न्यायाधीश बनेका छन भन्ने सुन्नु पर्दा बढो दु:ख लाग्छ। आफ्ना काला करतुत सार्वजनिक होला भन्ने डरले "लागु पदार्थको कारोबार" जस्तो जीवनभर जेलमा सडाउने अभियोगमा छोरीलाई जेलमा कोच्ने र पत्रकारहरुका साँईसुँई पछि रातारात जेलबाट गायब गर्न समर्थ नेपालका १ नँबरी न्यायाधीश आज आफ्नो "चरित्र हत्या" भयो भन्दै कर्मठ पत्रकारहरुका बयान लिन लागेका रहेछन।
http://lokatantra.blogspot.com/2007/06/blog-post_26.html ढाकछोपबन्द गर!
नेपालका वर्तमान प्रधान न्यायाधीश दिलिप कुमार पौडेलका आर्थिक आचरणका बारेमा उठेका प्रश्नहरु सेलाउन नपाउँदै अर्को नयाँ सनसनीखेज धमाका हुन गएको छ। आफ्नै धर्मपुत्रीसँग ३०औँ वर्षदेखि अनैतिक यौनसँबन्ध राखेको र यो शुरुआत १३ वर्षकी बालिका हुँदा देखि गरेको भन्ने आरोपले हाडनाता करणीसँबन्धि के कस्ता महलहरु आकर्षित गर्लान त्यो आफ्नै ठाँउमा छ। तर, आर्थिक भ्रष्टाचारको मु्द्दा सेलाउन नपाउँदै आएको यौन दुराचार र शोषणको कुराले प्रधानन्यायाधीश आफैको मात्र होईन नेपालको सँपूर्ण न्यायिक क्षेत्रमाथि नै जनविश्वास हटने देखिएको छ ।
http://lokatantra.blogspot.com/2007/06/blog-post_19.html