हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५
औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
लौ हर्के बधाई छ। नेपाल जान लाग्यौ? नयाँ नेपाल। राम्ररी हेरेर आउनु। अर्को पटक जाँदा फेरी नयाँ नेपाल को ठाउँ मा अर्कै नेपाल भैसक्ने छ। मलेखु तिर माछा खान नजानु, वाइस्याल को फेलामा पर्ला। '
हाम्रो टोलमा गएर महेन्द्र बौचा को म: म: सके जती पिलेट ल्याइ दिनु।
हैन आज भोली जान ला हैन , एक महिना छ अजै , यहाँ खाली म म को कुरो भो तेही भर यसो कुरो मोडेको क्या महिले । दाई कहाँ नेर हो महेन्द्र बौचाको पसल मलाई भन्नु त ल्याउन चै सकिन्न उहा देखी म म , गएर चै खान सक्छु । बरु सुर्य कती लेर आउ भ्न्नु लु, म लेर आइ दिन्छु ।
मैले त २४ मा बिहे गरेको , पढाई सकियो , लु राम्री केटी छे बिहे गर भने सबैले , आफुलाई अत्तो पत्तो थिएन , गरियो । उ बेलामा त्यो डेटिङ सेटिङ गर्ने चलन थिएन , एक दिन हेरियो ठीक लाग्यो गरियो । अहिले पढाई रे के रे के के जाती हो कुरै बुज्न गाह्रो गान्ठे हामी जस्तो हुनु पर्छ झ्याम्म बिहे गरी हाल्ने , जे पर्छ टर्छ कि कसो ?
धेरै लाई हैन एक महिनाको लागि मात्रै जान लाको , भयो बिस्टे दुई बर्ष जती भो नगाको । नेपाल गर , खशी को मासु , रायोको साग दिन दिनै खाने प्लान छ , बिहानै बेलुकै , सुत्यो उठ्यो , पाक्यो भनेर सोध्यो खायो अनी फेरी सुत्यो , एक महिना सम्म कती मजा आउने होला गान्ठे यसरी दिन बिताउन ।
ठुलदाई भन्दा योङग रे। ठुलदाइ आँफै योङ्ग छ, कसै सित तुलना गर्न मिल्दैन। यो लहरेलाई बिहे कै चिन्ता। साइत नजुरी बिहे हुँदैन क्या रे। भाग्याँ छ भन्दैमा डोकोमा दुध दुहेर हुँदैन क्या रे। बेलाँ बुद्धी पुर्याउनु पर्छ। धन्दा न मान, बन्दा खाउ। अर्को साल पक्का झ्झ्याइँ हुन्छ । २००८ राम्रो नि छैन, इकोनोमिक रिशेसन । नेवारीमा च्या: हागु मभीं अर्थात ८ लागेको अपशकुन हुन्छ क्या।
हैन लहरे नाम नै राहुल भाई , कसरी बुढो हुनु भयो ठुल्दाइ , यसै अरुलाई बुढो भन्छ बज्जे कि कसो ठुल्दाइ , बरु त्यो महेन्द्रको म म पसल कहाँ नेर छ ठ्यक्कै भन्नु त मलाई , खानु पर्यो गको बेलामा । बिस्टे कुमारीगाल किको त दुई तीन वटा बच्चा भयी सक्यो रे अब के गयी भो र अब त्यता तिर।
जुद्ध शम्शेरको सालीक लाई पछाडि देखाएर सिधै पश्चिम लाग्ने। बाँया झोंछे जाने बाटो सिधा कुमारी घर हुंदै कष्ठमण्डप । त्यही बिचमा बसन्तपुर को खुल्ला तर क्युरियो बेच्नेहारुले ढाकेको चोक । बाँया पट्टी पुरानो स्कूल जहाँ ठुलदाइ लाई 7क्लास सम्म पनि Negative sentence भन्ने के हो न सिकाको। त्यही स्कूल को ठीक पछाडि गल्ली छ मोटर नजाने बाइक मात्र जाने ।
त्यही अध्यारो गल्ली हुँदै कष्ठमण्डप तिर आउँदा सबै भन्दा लास्टको गल्लिबाट आउँदा बाँया तिर जि हरियो पर्दा। त्यो गल्ली भित्र थरी थरी को पकवान स्पेशलिष्ट लाखौं भट्टिहरु भएको हुंदा सबै भन्दा पहिला महेन्द्र बौचा को म: म: ( हाल ६० रु प्लेट होला) उहिलेइ ३५ पुगिसकेको) र माछा चाखे बल्ल थाहा हुन्छ, आहा! भनेको कस्तो स्वाद हो भनेर।
ल ठीक छ ठुल्दाइ , अब प्रिन्ट गरेर यही दाइरेक्सन अनुसार जानु पर्यो, ठुल्दाइको नाम लिनु पर्ला चिन्छ हैन त दाई । अनी महेन्द्रलाई केही भनी दिनु छ कि भनी हाल्नु है ।
लहरे बौचा को पसल मा गएर म: म: खाने बाटो फिलाडेल्फिया बाट
आइ-७६ पश्चिम - ३५० माइल त्यसपछी आइ-८० पश्चिम लिने आइ-८० पश्चिम - ३५४ माइल त्यसप्छी आइ-९० पश्चिम लिने आइ-९० पश्चिम - १७४ माइल अनी एक्जिट १३५ ए,बी,सी मध्य ए लिने - म्याडिसन पुगिन्छ -
कही लगेर गाडी रोक्ने - फोन घुमाउने - बौचा लिन आइपुग्छ,
खास साहुजि को नाम महेन्द्र डंगोल ( महर्जन ) हो, टोल भरिका ठुला ले बौचा अनी साना ले बौ दाई भन्ने गर्दछ। खासै केही भन्नु छैन, म: म: मिस गर्या भए नि आँफै पनि tri states च्याम्पियन म: म: मास्टर भैसकेको परिप्रेक्षमा प्रेरणा को लागि धन्यवाद सहित् खबर चाँही सुनाइ दिनु।
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.