[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 145748 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-27-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बिट मार्नु परो अस्तो च यो चौतारोलाई -

एउटा मध्य पश्चिमे गित सहित बिट मारम है त

हे रन्काइ देउ साहिँला दाई
मनै छिचोल्ने जडिबुट्टे सारंगि
हे घन्काइदेऊ मादलु, खेलौँ न जुहारी
दुइ दिने जीन्दगी

 
Posted on 01-27-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिट मर्ला जस्तो छैन अझै!
 
Posted on 01-27-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारि पनि अन्तिम हुनथालेछ यो मेरो पहाडी सम्झना
:)

रनवन डुल्दा खेरि फुस्केका ती भाका
सुसेलि भै घन्किन्छकि अझै साराडाँडा
कैले झर्थे वेसीं खोला कैले माथि पाखा
सम्झिन्छ कि?अझै पनि मलाई मेरै रारा।।
 
Posted on 01-27-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीस त पक्का लेकाली जस्तो लायो । डेउडा गाउन खप्पीस हुनुहुन्च कि जस्तो माने है मुइले त !:)

लु, आजलाइ मैले नी बिट मारेँ ।ठाम अनुसार सपैलाइ शुभ प्रभात या शुभरात्री !
 
Posted on 01-27-06 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि एउटा पहाडि सम्झना है त, माष्टरनी नानीको भावनामा केहि थपन खोजेको :)

सारंगिको धुनमा अझै, माछापुछ्रे हाँस्दैछ
मादलुको तालमा अझै, लेक बेशि झुम्दै छ
खोला नाला अझै तिम्रो याद बोकी बग्दै छ
रारा फेवा अझै तिम्रो याद बोकी हाँस्दै छ!!

 
Posted on 01-27-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त सम्झना नि रहेन सम्झनाले अस्तिनै छोडेर गए देखुन। सम्झनाको कुरा गरेर कता कता सम्झना बिर्सना सललल भो, झन् झन् बढ्यो तिर्सना सलल क्यार्ने हो?

रेटी हाल्यौ सारङ्गी छातीको देब्रे पाटोमा
गाढि दियौ मेरो टाउको लामपाटीको माटोमा
हिड्न् सम्म बिर्सिसके तिमी आउने बाटोमा
बिर्खेले नि छिनो खोप्यो पुरानो घाउको टाटोमा :P

 
Posted on 01-28-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो कैले त यता मलाइ दोश दिंदै गिद गार बसिरारेच।
यो सानदाईले ३०० पोष्ट बाट ६०० बनाएकी के हो? जति टाँस्यो टाँसिदै जान्च बा!
 
Posted on 01-28-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता ग'चन सपै ! सिट्टी मारेर बोलाउन परो कि क्याओ ! :)

 
Posted on 02-01-06 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo 309th post pani khanchha ki?
 
Posted on 02-01-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

310 nai bhyayo jasto cha.
 
Posted on 02-01-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न के भो यस्तो ? जति टाँसे पनि हुन्छ बा के हो गाँठे ! सान दाई सँ सोध्नु परो क्या । न हाम्ले धेरै चौतारो बनार पो हो कि ? हेर्दा हेर्दै नौ पुनि पुगो, अब न बनाम्न लाई पो हो कि त ?
 
Posted on 02-01-06 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कति वटा ज्यान थाम्दो रहिछ यो फलाईंचाले ? यो समेत ३१२ पो पुग्छ त । नौ लम््बर्मै गफ गरु क्यार नत्र भाँचिएला यो ।
 
Posted on 02-01-06 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिन शय तेह्र !
:)
 
Posted on 02-02-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन सय चौध

:-)

इश्वर
 
Posted on 02-02-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ३ त बुझ्छु। १३ र १४ नि बुझें। आनि यो के जाति सय भन्नि के हो नि? २०-२० को दर ले गनम् न! आफू ता परियो बुढो, बीस माथि गन्न आए मरिजाम्, ल! मेरी धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्!
 
Posted on 02-02-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइले तिन बिस काटिसक्या हो? हो भने लु बधाइ च है बैँस चढेच तपाईँलाई :)
धोबिनी आमैको पेटिकोटओ कसम खाइराख्न पर्दैन यस्ता कुराँ।

पन्ध्र बिस सोह्र!!

:)
 
Posted on 02-02-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन बिस काटिसक्या भे त झनै राम्रो नि लौ! क्या नाम अम्रिकामा सिनेर सिटिजन को पुनि छुट पाइन्छ ।

अनि पुन्टे दाइको साली लान्छु भन्ने भौते काजी क्या अरिचन आजकल । क्या नाम नाक मुखै देखाम्दैनन ।पुन्टे दाइ को साली भनेसी भुतुक्कै भाछ ।

आजकल क्या न हो को नि काका पुनि देख्दिना म त । मादिमा माछा मार्दै थिएए अस्तिको सन्सर्बार त । उनि त खप्पिस छन माछा मार्न भनेसी । मर्स्याङ्दी देखुन्ट आँधी खोला सम्मन पुग्छन । ऐले ज्याग्दी खोला तिर पो पुगे कि बुढा । बुढा मुन्छे भनेर मात्रै के अर्नु भर छैन होइ गाँठे !

ईश्वर
 
Posted on 02-02-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के कुरो अरेको इस्सोर बुरो ले, काका बुडा खोल्खोलै मर्स्याउँदियाट आँधि पुउचन कि क्याओ? :O:O
भनेसि मर्स्याउँदिआट खोल्खोलै पैला मुइलिङ झर्तारेचन अस्तो लाओ, तिर्सुलि अनि त्याँसी देउघाटाँ पुएर काळी गन्डकि बाट उँभो लाउतारेचन क्यारे, अनि गल्याङ भन्जेङ पारी मिर्मि वारि बल्ल आँधिआँ मिसिन्चन कि के हो? बुडा त गजपै रेचन त बाङ्गो बाटो खोल्खोलै हिन्तारेचन्
:)
 
Posted on 02-02-06 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarhai man paryo
 
Posted on 02-03-06 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ हुनु, बुढा कम्तिका बाठा छन्, काकी लाई माछा मार्न भनेर २-४ दिनै गायब हुन्थे क्यार । कैले मादी को भनेर्, कैले सेती को, कैले काली गण्डकी को भुनेर माछा पुनी ख्वाम्थे । काकी लाई ढाँटेर मुग्लिन'ट किनेर ल्या नि हुनसक्छ आफु चै तरुनी फकौन पो जान्थे कि !!!!!!!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nepali Passport Renew
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters