gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 86714 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-26-06 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मलाई त थाहानै थिएन मेरो ओफिसिएल नाम मैना भनेर ।
चित्रे तिमीलाई त मेरो बारेमा सबै थाहा रैछ ।
मिस् तपाईं को कथा नि धरै राम्रो लाग्यो ।

ले सबै गाम्ले हरु लाई मेरो नमस्कार छ ।
रोल #६ ठुलि
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र मिस्
 
Posted on 07-26-06 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिहानै बिहानै चारजना का कथाहरु पढ्न पाइयो।

मिस: हजुरको कथा खास्सा को छ। फटिङ्रे ले भने जस्तै माछाहरु ले एक दिन जुकालाइ मार्ने छन्।

भउते, माल्दाइ, गोतामे जी: तिमीहरु रउसीले बिग्र्यौ। अब कसरी सपार्ने? :पि

"म माछा जस्तै पौढिन्छु नि"
मेरो दिमागमा यहि कुरा घुमिरह्यो हिजो रातभरी। हुन पनि हो माछाले बोलेको बुझ्ने अनि माछालाई आफ्नो बोली बुझाउने मान्छेहरु भेटिन थालिएको छ, माछा जस्तै पौढिन के गार्‍हो होला। माछा जस्तो त मलाइ नि पौढिन मन लाग्या छ। अब अनुरोध नि गर्नुपर्ला माछा जस्तै पौढिन जान्ने ले हाम्लाई सिकाउलान कि भनेर। मिस फटिङ्रे कहाँ छ?
 
Posted on 07-26-06 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरुलाई!

मास्टर्नी दिदिको कथा प्रती कात्मक लाग्यो, कति राम्रो

भौते ले चै खुब हसायो :D
ठुल्नानी तिम्रो अफिसिअल नाम मैना त हो नि । मैले राखिदिएको हो ;)

ल हेर यो मैले केही अघी लेखेको कविता, अर्कै धागोमा रैछ

तिम्रो याद

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 
Posted on 07-26-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"फटिग्रें नै हो" मैले प्रस्ट पार्न खोजे।
"अझ जर्बुटे भन्छस् ठुटे हेर् त मेरो कपाल कति लामो र कालो । रिबन् लगाएको कस्तो राम्रो तेरो छ कपाल् "मैले फुर्ति लगाउछु।
भाइ मलाइ इर्षा देखाउछ "मैले टोपि लगाउछु तिम्रो छ टोपि"

म हैरान् हुन्छु। हो त टोपि लगाएको कति सुहाएको । के छ टोपिमा तेस्तो मेरो लामो कपाल् भन्दा उस्कोटोपि मन पर्छ मलाई ।
मेरो समर्थनले भौतेले जीत् महसुस् गर्यो सायद "देख्यौ छुच्छि दिदी!!! कस्ले जित्यो त्यो फटिग्रें हैन शिशिर् हो "

ख्याल् ख्यालैमा कुम्लेलाई देखाउन् लेखेको गन्थन यसरी सबैलाई मन पर्ला भन्ने सोचेकै थिएन। तर मलाई था छ के मलाईफुर्काउनलाई भन्देको हो राम्रो छ भनेर्

जसरी भनेको भए नि यँहाहरुको बहुमूल्यशब्दले म साह्रै आभारी भए।कथाकोबारेमा छोटो मिठो टिप्पनीको लागि गौतम बिर्खे कुम्ले, नमे ठुली चित्रेलाई धेरै धेरै धन्यवाद
कुम्ले फटिग्रें एउटा जिवन्त पात्र हो। म गाउमा जादा उस्लाई भेट्न लालायित् हुन्छु
तर अपशोस् !! घर देखि टाढा भए देखि एता एक पटक भेटेकीछु अर्कोपटक् तपाइ संग फेरिझोक चल्यो भने लेखुम्ला है त--- त्यो भेट्को बारेमा

चित्रे तिमीले ठिक भन्यौ
 
Posted on 07-26-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तपाईं को कबिता नि धरै राम्रो लाग्यो । काम मा नि उस्को याद् गेर्दै बसेको हो कि क्या हो।
 
Posted on 07-26-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस: गन्थन रे?? त्यस्तो राम्रो नि गन्थन्?? अझ कथा लेख्छु भनेर बसे कस्तो निक्लेला?? अब त्यसो भए साँच्चो कथा नै लेख्नुस त।

चित्रे: कत्ति कविता फुरेको होला लौ। राम्रो अत्ति राम्रो तर एक दुई वटा कुरो बुझिन। तिमीले भनेका रवि, अनुराग, कल्पना, सपना र भावना को हुन् नि? हिजो मैनाको कुरो गर्थ्यौ :-एस

ठुल्नानी: "उस्को" रे??? कस्को??
 
Posted on 07-26-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी(मैना) , हो काम मा नि तिमीलाई नै सम्झिराको हो ;)

कुम्ले : P
 
Posted on 07-26-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले चित्रे लाई सोध्नुस् । अनि मलाई नि सुटुक्क कान मा भनुस् ।
 
Posted on 07-26-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी कति मज्जाको कथा हाल्नु भो, "हट् के" भन्छ नि हिन्दिमा त्यस्तै, हजुरले रोजेको subject सारै मन पर्यो। :)
मामा, गोतामे जी, बिर्खे काकाहरुले नि हसाउनुभो।

कुम्ले किरण, शितल पनि त छन् नि चित्रेको कवितामा :-) को रेछन् तिनेरु? राम्रो छ कविता चित्रेको।

ठुल्नानी के छ?
 
Posted on 07-26-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहा मीस, कस्तो राम्रो कथा! शैली कस्तो फरक
अनि ग्रीप्पिङ, भन्छन नि।
चित्रेको कबिता पनि गहकिलो छ।
कुम्ले, चित्रे, गोताएं, भौते, माइला, मैना, प्रीति,
नमे, सन्जु सबैलै सम्झना।
 
Posted on 07-26-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाउ! कस्तो राम्रो कथा मिस् को!
अनि भौते काजी पनि के कम्! हसाँएर मार्ने भो गाँठे !
गोतामे र बिर्खे जिम्माल पनि झ्याप हो भौते काजी सँग??
बिचरा पुन्टे दाईलाई किन छुटाएको होला?
हिजो राती हाम्रा आँगनाँ हल्ला गर्ने को रैछ भन्या त यि ३ जना पो रैछन्!
तिम्लाई हैजाले लान नसकेका हरु!
एउटाले त हाम्रा आँगनैमा वाक वाक गर्दै थियो!
बिहान बिहान हाम्रा आमा किन धारे हात लाउदैं चिच्याएका होलान भनेको त यि मोरा हरुले राती कमाल गरेका रचन् नि त!
 
Posted on 07-26-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो!
सपै बेसै होला क्यारे?
साइँलालाई मेरो पनि सउँजना छ।
अनि मिस्टे क्यार्दै छौ आचकल? अइले कुन महासागर, समून्द्रमा छौ हँ? :)
***************
कटरको बुटा मुनी चित्रे र मैना एकअर्कालाई हेर्दै गिद गाम्दै रेछन, चुरोटा ठुटो सल्काम्न सलाई माग्न मुन लाएको थ्यो चित्रे सँअ क्यार्न भाँजो हाल्नु गितमा भनेर एउछिन गित सुनेर यता आम्दैछु म।

चित्रे-
हिँडाइमा हाँसको झैँ चाल छ
जे लाए नि सुहाउने जिउडाल छ
मोहनि तिम्रो बोलिमा
कुर्ता सुरुवाल लाउँदा त यस्ति छौ
कस्ति हौलि गुन्यू चोलिमा


मैना(ठुल्नानी)-
हँसिलो मुख कसिलो ज्यान
शब्द पाइन गर्नलाई बयान
तिम्रो पनि छैन केएमा खोट
ढाका टोपि मयूरको कल्कि झैँ
त्यसै माथि दौरा सुरुवाल कोट...

 
Posted on 07-26-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी मेरो सबै ठीक छ अनि तिम्रो के छ नि । हिजो म र तितौरी काफल तिप्न गाको । दोको भरि काफल लीर आयौ । तिमी लाई धरै मिस् गर्‍यो हामीले ।

नेपे के हो धरै दिन पछी देखा पर्नु भो नि । यसरी हामी र चौतारी लाई माया नमर्नुस् न पिलिज ।
 
Posted on 07-26-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् नमस्ते
कहाँ बाट सुरु गरौ, हजुर को कथा को प्रशंसा गर्न म ?शब्द नै भेटिन, बरु शब्द खोज्दा एउटा प्रश्न चै फेला पर्यो यस्तो राम्रो कथा लेख्ने मान्छे ले किन यति का दिन् चुप् लागेर् बस्या होला???
भौते दाइ को सपना नि कत्ति राम्रो हो :)
चित्रे ले भन्या सबै नाम् मा एउटा चै म नि चिन्छु है अनुराग् - के कसौटि को अनुराग् बासु के :D होइन त चित्रे !
अनि ठुल्नानि मैना रे? हो र चित्रे?? :D
 
Posted on 07-26-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना,
मैले माया मारेको छैन।
यस्सो दुइ चार दिनको गुप्तबास मात्तै हो।
जता गए नी आफ्नो भन्नु त चौतारो नै त हो नी,
हैन र?
 
Posted on 07-26-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै मिठो कथा सुनाउनु भयो मास्टरनी दिदिले । म त भर्खर कपुरि क पढ्न थलेकि अछेर चिन्न अझै गरो छ। तै पनि सबै बुझे जस्तो लग्छ :D

भाउतेलाई त झापड खानुनै थियो। कसले दिउसो दिउसै सपना देख्नु भन्याथियो कथा नसुनिकन :P

रोल् नम्बर २४ हाजिर्!
 
Posted on 07-26-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-26-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई धन्यवाद मेरो लागि मित्तो कबिता लेखिनु भाको मा ।

चित्रे ले मेरो नाम किन मैना राखे मलाई थाछैन ।

तितौरी हिजो को काफल कस्तो छ । गुलिओ छ?
 
Posted on 07-26-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) थुल्नानि कफल् धेरै मिठो थियो , तिमि ले सबै खाइ सक्यौ? अनि भोलि नि जानि हो तिमि जानि भए मलै नि बोलाउ है त ल?
ए ठुल्नानि मलाइ थह छ चित्रे ले तिम्रो नाम् किन मैना राखेको हो? तर भन्दिन ऐले सबै को अगाडि भोलि ल उता जादा भन्छु ल , भनम् चित्रे ;-) ??
कुम्ले, किन हासेको ? :P
 
Posted on 07-26-06 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी मोरी सुटुक्क कान मा भन किन मेरो नाम मैना राखेको भनेर । हुन्छ भोली जम्ला फेरी काफल तिप्न ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters