चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
थुक्क म। एक छिन तल सम्म के गएको थिएं, नयाँ चौतारी बनि सके छ। जिन्दगीमा बोर्ड फस्ट ल्याउने धोको अधुरै रहने भो। चित्रेलाई धेरै धेरै- लाख करोड, अरब धन्यबाद।
खै आफू त इस्कुलाँ पनि लास्ट बेन्चमा! चौतारी बनेसि नि सधै पछि!
बरु इस्कुलाँ चाइँ अगाडि बस्ने केटा वा केटि कसैलाई कागजको पुछ्छर सुटुक्क राखिदिन्थ्यौँ र पछाडिका सबैलाई खुसुक्क देखाउँथेउँ र ठुलो स्वरले एक जनाले "हनुमान कि?" भनेपछि पछाडिको सबैले "जयss" भन्थे, अनि अगाडिको सबैले आ-आफ्नो पछिल्तिर हेर्थे कतै हनुमान मै त परिन भनेर!
जे होस चित्रे तिमी एकजना छौ, चौतारी बनाउने ट्याम हेरेर बनाउने, तिम्रो भलो होस्।
आज अलि फुर्सदिलो भाको बेला चौतारीलाई सुकेनास लागे छ, रेफ्रेस् गर्या गरेइ। मानौं कुनै बम्पर चिट्ठाको परिणामको घोषणा हुंदैछ, र आफ्नो नाम आउदै छ। चौतारी सिन्ड्रोम भन्या यही होला। होइन बिर्खे जी?
हो ठुल्दाई, यसलाई एक्युट तारेमाम चौतारी सिन्ड्रोम (ATCS) भन्छन्। यसको खास कारण पत्ता नलागेता पनि, जागिर वा पढाइमा व्यापक अरुचि, खोकेको खोकेइ गर्नु पर्ने बानिमा पनि चुपचाप बस्नु पर्ने बाध्यता र जतिबेला पनि रमाइलो खोज्ने हाम्रो देशव्यापि बंशाणुगत गुणहरुलाई बैज्ञानिकहरुले यो रोग को कारण मानेका छन्।
जति बेला नि चौतारी चियाउं चियाउं लाग्ने यो रोगको नाम, ठेगाना पत्ता लगाउने जिम्मा बैज्ञानिकहरुको टोलीलाई दिनु पर्ला जस्तो छ। यस बारे गहन अध्ययन नै गरी निर्क्यौल निकाल्नु पर्ला जस्तो छ। अनि बिश्वब्यापी सेमिनार समेत गरी अनुमोधन गर्नु पर्ला जस्तो छ।
चियाउन त म पनि चियाइराकेको छु के रे। लेख्न भने जाँगर चल्दैन अचेल। पैले पैले कुखुरा बास्ने बेला सम्म चौतारीमा बर्बराएर बसिन्थ्यो। अरुले कुरो सुनुन् कि नसुनुन्, बुझुन कि नबुझुन्, मन पराउन कि नपराउन्, माइन्ड गरुन कि नगरुन्, केही मतलब थिएन। बस् औँलाको टुप्पोले जे भन्छ त्यै टाइप गर्यो, सब्मीट गर्यो। खै कहाँ गए कुन्नि ति जोश-जाँगर हरु।
जे होस् फेरि सबैलाई दशैँको शुभकामना। आज राति बाट त कालरात्री लाग्छ के रे। देशमा सधैँ कालरात्री छ। अब यो कालरात्रीको के महत्व भो र। श्वेतरात्री कहिले आउने हो कुन्नि, म त श्वेतरात्रीको प्रतिक्षामा।
हालै गरिएको अनुसंधान द्वारा निम्न वर्गहरु यस एक्युट तारेमाम चौतारी सिन्ड्रोम (ATCS) रोगको हाइ रिस्क ग्रुप मा पर्दछन्-
१) अविवाहित कुखुरे बैँशका वा कुखुरे बैँश सकिएर घरजम गर्नु पर्ने बेलामा रमझमको अभावमा बाँचेका महिला वा पुरुष।
२) विवाहित तर विवाहको कम्तिमा पनि १ पुरा बर्ष नाघिसकेका महिला वा पुरुष।
३) भर्खरै ब्रेकअप भएका र अर्को हुक अप कुरेका उरन्ठेउला उमेरका महिला वा पुरुष।
४) इन्टरनेटमा रमाइलो खोज्ने बानि नै परेका महिला वा पुरुष, जो अंग्रेजी भाषामा रमाइलो लेखेको रमाइलोका साथ बुझेर पढ्न गाह्रो मान्छन, झ्याउ मान्छन वा बुझ्दैनन् तथा अंग्रेजी भाषामा रमाइलो लेख्न गाह्रो मान्छन, झ्याउ मान्छन वा बुझ्दैनन् ।
५) उमेरको गधा पच्चिस सम्म नेपालको गाउँघरमा बिताएका र त्यसपछि अनायाशै बिदेश तिर फालिएका र बिदेशि भाषा, रमाइलोको तरिका, भुगोल, वातावरण र खाना देखेर ट्वाँ पर्नेहरु।
६) केहि काम नपाएको बेलामा ट्वाँस्स लाएर टाइप गरेर त्यसलाई कुनै साहित्यिक अर्थ दिन खोज्ने साहित्यकारहरु।
७) जिन्दगीमा साह्रै एक्लो भैयो भन्दै रुटिन लाईफ देखि फेड अप भएर एउटा नयाँ हुक अप को आश लिएर छिर्के हान्न प्रेरितहरु।
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.