[Show all top banners]

pintu

More by pintu
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

NeptM
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 A man killed his wife to marry his girlfriend
[VIEWED 6418 TIMES]
SAVE! for ease of future access.
Posted on 07-21-10 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहे गरेको महिना नपुग्दै श्रीमतीको हत्या














काठमाडौ, श्रावण ४ -

बिहे गरेको एक महिना नपुग्दै राजधानीका एक युवकले प्रेमिकाको मिलेमतोमा
श्रीमतीको हत्या गरेका छन् । काठमाडौंको काभ्रेस्थलीका सन्तोष फुयालले १८
वषर्ीया श्रीमती अञ्जु खनालको घाँटी थिचेर हत्या गरेका हुन् ।


प्रेमिकालाई पाउन उनैको सल्लाहमा आफूले श्रीमतीको हत्या गरेको फुयालले
बताएका छन् । गत असार १० गते उनले चण्डोलकी खनालसँग मागी विवाह गरेका थिए



बिहेपछि हनिमुन मनाउन भन्दै गत साउन २ गते पोखरामा लगेर फुयालले लेकसाइडको
मदरल्यान्ड होटलमा श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएको महानगरीय
प्रहरी वृत्त महाराजगन्जमा डीएसपी दीपक थापाले बताए ।  'होटलमा बियर
खुवाएर लठ्ठ बनाएपछि घाँटी थिचेर हत्या गरें, अनि  बाहिरबाट ताल्चा मारेर
भागें,' उनले बयानमा भनेका छन्, 'अर्कै होटलमा बसेर भोलिपल्ट काठमाडौं आएँ
।'


हत्यापछि फुयाल होटलको कोठामा बाहिरबाट ताल्चा मारेर रिसेप्सनमा पान किन्न
जानु छ भन्दै श्रीमतीले लगाएका गहना बोकेर निस्किएका थिए । काठमाडांै
आएपछि घर परिवारले श्रीमतीबारे सोधपुछ गर्दा उनले अपहरणकारीले सुनचाँदी
देखेर अपहरण गरेर लगेको बताउँदै आएका थिए । छोरी बेपत्ता भएपछि अञ्जुका
बुवा नवराजले प्रहरीमा उजुरी दिएका थिए । 'श्रीमानसँग घुम्न गएको भनेपछि
हामीले फुयाललाई पक्राउ गरेर ल्यायौं,' डिएसपी थापाले भने । उनका अनुसार
फुयालले राति १२ बजे मात्र आफूले हत्या गरेको स्वीकारेका


थिए । उनले राखेको श्रीमतीको गहनासमेत प्रहरीले बरामद गरेको


छ । सन्तोषले प्रेमिका गोलढुंगाकी कोपिला फुयालसँग ६ वर्षदेखि प्रेम
सम्बन्ध रहँदै आएको बताएका छन् । तर, परिवारले एउटै थरसँग बिहे गर्न
नमिल्ने भन्दै अस्वीकार गरेपछि उनले खनालसँग बिहे गरेका थिए । खनाल
शिवपुरी उच्चमावि महाराजगन्जमा  ९ कक्षामा पढ्दै थिइन् । उनी तीन
दिदीबहिनीमध्येकी माहिली हुन् ।


प्रेमिकाले आफूले बिहे गरेको खबर थाहा पाएपछि उनलाई फकाउन श्रीमतीको हत्या
गरेको सन्तोषको बयान छ । 'बिहे गरे पनि तिमीलाई नै माया गर्छु भन्दा
कोपिलाले मानिनन्, अनि दुवै जनाको सल्लाहमा खनाललाई मार्ने योजना बनेको
थियो,' फुयालले भने ।


प्रहरीले राति २ बजे गोलढुंगा पुगेर कोपिलालाई पक्राउ गरेर ल्याएको थियो ।
कोपिला मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा १२ कक्षामा पढ्दै छिन् ।
प्रहरी वृत्त आएकी खनालकी आमा शोकविह्वल भएकी थिइन् । बुवा नवराज छोरीको
शव लिन मंगलबार पोखरा गएका छन् । फुयाल र उनकी प्रेमिका कोपिलालाई
महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेर मंगलबारै पोखरा पठाएको
वृत्त डिएसपी दीपक थापाले जनाए । 


अभियुक्तलाई हेर्न पाउनुपर्ने भन्दै चण्डोलका स्थानीयवासीले मंगलबार दिनभर
प्रहरी वृत्त घेरिरहे । वृत्तको कम्पाउन्डबाहिर र भित्र स्थानीयको भीड
थियो । डिएसपी थापाले आएका आफन्त र छिमेकीलाई अभियुक्तमाथि कानुन बमोजिम
कारबाही हुने बताएका थिए । साँझसम्म पनि भीड कम नभएपछि प्रहरीले सामान्य
बल प्रयोग गरेर उनीहरूलाई हटाएको थियो ।



http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=221706





 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters