तिमीलाई म
नरिसाउनु प्रिय
पुछिउन तिम्रो सिउँदो
फुटुन रातो चुराहरु
अन्यथा नसोच्नु प्रिय
म तिमीलाई सधैं
सेतो सारीमा देखन चाहन्छु
फर्की आउँ अंगालोमा
स्विकार्छु म तिमीलाई
ओइलिई तिमी झरे पनि
भुन्-भुनाई दिन्छु म
फर्काई दिन्छु तिम्रो जवानी
हजारौंले रस लिए पनि
नरिसाउनु प्रिय
पुछिउन तिम्रो सिउँदो
फुटुन रातो चुराहरु
अन्यथा नसोच्नु प्रिय
म तिमीलाई सधैं
सेतो सारीमा देखन चाहन्छु
अमृत भन्दा मीठो हुन्छ माया
गंगा-जल भन्दा चोखो
हेमलट विष बनाउने त
तिमी जस्तै ले त हो
खैं कहाँ छ?
फरियाभित्र लुक्ने त्यो नमार्द
गोलीले पड्काई दिन्छु
साला
किन पठाईस् उनिलाई यो धर्तिमा?
ए नालायक ईस्वर
तलाई एकै पल्टमा
छप्काइ दिन्छु
नरिसाउनु प्रिय
पुछिउन तिम्रो सिउँदो
फुटुन रातो चुराहरु
अन्यथा नसोच्नु प्रिय
म तिमीलाई सधैं
सेतो सारीमा देखन चाहन्छु