सिरियाको अलेप्पो शहरमा गत २४ घण्टामा दर्जनौं गैरसैनिकहरुको ज्यान गएपछि त्यहांको अवस्था 'विनाशकारी' भएको सहायता अधिकारीहरुले बताएका छन्।
पछिल्लो केहि घण्टामा सरकारी लडाकु विमानहरुले गरेका हवाई हमलाहरुमापरि विद्रोही नियन्त्रित इलाकामा कम्तिमा २० जनाको मृत्य भएको बताइएको छ।
बुधबार राती विद्रोही नियन्त्रीत क्षेत्रमा रहेको एउटा अस्पतालमा हवाई हमला हुंदा त्यहां चिकीत्साकर्मी र बालबालिकाहरु समेत मारिएका थिए।
चिकित्सा सेवा प्रदान गर्ने एउटा अन्तर्राष्ट्रीय परोपकारी संस्था- मेदसां सं फ्रंतिए, एमएसएफ,ले जनाए अनुसार अलेप्पो शहरमा रहेको एउटा अस्पतालमा भएको हवाई हमलामा कम्तीमा १४ जना विरामी र तीनजना डाक्टरहरु मारिएका थिए।
सो संस्थाद्वारा संचालित अल कुद्स अस्पतालमा भएको हमलामा मारिनेमा उक्त शहरमा रहेका अन्तिम बाल रोग चिकित्सक पनि भएको एमएसएफ ले जनाएको छ।
विमान
स्थानीय समाचार स्रोतहरुका अनुसार उक्त हमलामा रुसी वा सिरियाली लडाकु विमानहरु संलग्न थिए।
सिरियाली सरकारी सेनाले सो अस्पताललाई निशाना बनाएर गरिएको हमलामा आफू संलग्न नरहेको बताएको छ।
पर्यवेक्षकहरु भन्छन्, विहीबार संघर्षरत दुवै पक्षको हमलामापरि कम्तिमा ३४ जनाको ज्यान गएको छ र दर्जनौं घाइते भएका छन्।
सिरियामा आंशिक रुपमा युद्धविराम लागु भएको भएतापनि विशेष गरी अलेप्पो शहरमा हालैका दिनमा भिडन्त चर्किएको छ।
संघार
रेडक्रसको अन्तर्राष्ट्रिय कमिटिले अलेप्पो शहर मानविय संकटको संघारमा पुगीसकेको बताएको छ।
उक्त शहरमा ठूलो स्तरको कार्वाहीका लागि सिरियाली सेनाले रुसी हवाई शक्तिको आडमा तयारी गरिरहेको भन्ने विवरणहरुका माझ त्यहां हिंसामा बृद्धि देखिएको छ।
त्यसबाट जिनीभामा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भैरहेको शान्तिवार्तालाई समेत प्रभावित पार्ने हो की भन्ने आशंका पनि उत्पन्न भएको छ।
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
whats wrong living with your parents ?
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.