के नेपालको झण्डा यति नराम्रो छ र? - Sajha Mobile
SAJHA MOBILE
के नेपालको झण्डा यति नराम्रो छ र?
Posts 3 · Viewed 10294 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
(बुर्ज खलिफामा कमेरो पोतेर टाँसे जस्तो .. अरु सबैको झण्डा गज्जब देखिने नेपालको चाँहि कोटमा टाँसेको जस्तो ! भित्तामा टाँसेको जस्तो)

संविधान दिवसको दिनमा बिश्वकै सबै भन्दा अग्लो बुर्ज खालिफाको बाहिर नेपालको राष्ट्रिय झण्डा को चित्रलाइ प्रस्तुत गरेको भनेर खुवै प्रचार प्रसार भयो। यसै सन्धर्वमा ट्विटर मित्र स्वप्निल ले भारत श्रिलंका र पाकिस्तानको झण्डालाइ त्यसरि नै प्रस्तुत गरेका फोटो शेयर गर्दै नेपालको झण्डाको डिजाइनलाइ राम्रो संग प्रस्तुत गर्न नसकेको भनेका छन।

उनि अंग्रेजिमा भन्छन - यो अपुष्ट डिजाइन निर्देशन, हतार हतारमा कुनै योजना नै नबनाइ कार्यान्वयन गरेको डिआइन हो। हाम्रो देश असफल हुनु पनि हाम्रो यस्तै बिशेषताको कारणले हो।

उनको यो भनाइलाइ धेरैले हाम्रो झण्डा बर्गाकार नभएर त्यस्तो भएको भनेर बचाउ गरेका छन। तर, बर्गाकार नभएर मात्रै राम्रो संग प्रस्तुत गर्न नसकिएको भन्ने तर्क आँफैमा फितलो छ। किनकि राम्रो देखिनको लागि डिजाइन सिमेट्रिक हुनु आबश्यक मानिन्छ। यसको लागि मेरो बिचारमा दुइवटा झण्डा प्रयोग गरेर राम्रो संग प्रस्तुत गर्न सेकिने थियो।

नेपालको झण्डाको महत्व, डिजाइन आदि बिभिन्न चर्चाहरु तलको भिडियोमा हेर्नुहोला !
(भिडियोमा पछि भएका कुरा स्क्रिप्ट नलेखि भट्याएको भएर यहाँ थप्ने मिलेन :)


https://www.youtube.com/watch?v=te_zGIHU_v8

_
· Snapshot 93
Like · Liked by · 0
जेसुकैमा निहुँ खोज्न सक्ने नेपालीहरू थोरै छन्, तर यदाकदा हल्ला निकै गर्छन। त्यस्तो आपत्तिजनक केहि देखिन मैले। नेपालको झण्डा देखाउन खोजेको, स्पस्ट रूपमा नेपालको झण्डा देखिएको छ.

आनन्दजीले झण्डालाइ ठाडो नदेखाई तेर्सो पार्ने सुझाब त दिनुभयो तर राष्ट्रिय झण्डा र रास्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ को परिच्छेद २ दफा ११ बजोमिम बखेडा निस्कन सक्थ्यो। सम्पूर्ण स्वरूप नदेखाई चन्द्र र सुर्यको भाग मात्र भवनको शीर देखि पुछारसम्म छोपिने गरी देखाए पनि त्यसरी नै विवाद हुन सक्थ्यो। अझै निहुँ खोज्ने भए बुर्ज खलिफालाई झण्डा देखाउने अनुमति कसले दियो भन्न सकिएला, व्यापारिक प्रयोजनमा वा बिज्ञापनमा प्रयोग गर्न नपाइने कार्यविधि छ, यस्तै यस्तै जति पनि निहुँ खोज्न सकिन्छ; तर "फाइदा के?"


AnandNepal
· Snapshot 261
Like · Liked by · 0
Thank you ..
It's very interesting :
आनन्दजीले झण्डालाइ ठाडो नदेखाई तेर्सो पार्ने सुझाब त दिनुभयो तर राष्ट्रिय झण्डा र रास्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ को परिच्छेद २ दफा ११ बजोमिम बखेडा निस्कन सक्थ्यो। सम्पूर्ण स्वरूप नदेखाई चन्द्र र सुर्यको भाग मात्र भवनको शीर देखि पुछारसम्म छोपिने गरी देखाए पनि त्यसरी नै विवाद हुन सक्थ्यो। अझै निहुँ खोज्ने भए बुर्ज खलिफालाई झण्डा देखाउने अनुमति कसले दियो भन्न सकिएला, व्यापारिक प्रयोजनमा वा बिज्ञापनमा प्रयोग गर्न नपाइने कार्यविधि छ, यस्तै यस्तै जति पनि निहुँ खोज्न सकिन्छ; तर "फाइदा के?"

फाइदा त -
- त्यस टावरमा झण्डा पनि कुनै फाइदा कै लागि फहराइएको होला - झण्डाले देशकै प्रतिनिधित्व गर्ने हुनाले राम्रो प्रस्तुति फाइदाजनक नै हुन्छ होला।
- पर्यटन बिकास कै लागि गरिएको हो भने कलात्मक हुँदा अझ धेरै पर्यटक आकर्षित हुन सक्लान।
- आकर्षक र कलात्मक रुपमा देखिंदा सो घटना चर्चित हुन सक्ला, अन्तराष्ट्रिय मिडियामा पनि तारिफ आउन सक्ला।

म डिजाइनर नभएको हुनाले मेरो सुझाव unprofessional and crude थियो । ग्राफिक डिजाइनर हरुले बुर्ज खलिफा अनुरुपको आकर्षक डिजाइन पनि पक्कै बनाउन सक्लान।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 15828 · Likes 3
· Posts 8 · Viewed 9047 · Likes 3
· Posts 1 · Viewed 4555 · Likes 3
· Posts 1 · Viewed 4887 · Likes 3
· Posts 1 · Viewed 4372
· Posts 1 · Viewed 4365
· Posts 1 · Viewed 4605
· Posts 1 · Viewed 4645
· Posts 1 · Viewed 4426
· Posts 11 · Viewed 18590



Travel Partners
Travel House Nepal