जब सम्म पिउंदै हुन्छु , तब सम्म जिउंदै हुन्छु......... - Sajha Mobile
SAJHA MOBILE
जब सम्म पिउंदै हुन्छु , तब सम्म जिउंदै हुन्छु.........
Posts 7 · Viewed 19853 · Likes 11 · Go to Last Post
Rahuldai
· Snapshot 0
Like · Likedby · 10
जब सम्म पिउंदै हुन्छु ,
तब सम्म जिउंदै हुन्छु
जब सम्म जिउदै हुन्छु
तब सम्म पिउदै हुन्छु।

मलाई नपिउ भन्नेलाई
मलाई नजिउ भन्नेलाई
एउटा प्रश्न गरें,
तिमीलाई यो जिन्दगी
जिउनुको अर्थ थाह छ?
उसले "अहँ थाह छैन " भने
जसलाई जिउनुको अर्थ थाह छैन,
उसलाई पिउनुको अर्थ के थाहा?

आंतिएर पिएको हैन
मात्तिएर जिएको छैन
स्वाभिमानलाई बन्धकी राखेर
अपमानको जिन्दगी जिएको छैन

पीडा भुल्नको पिएको हैन,
आफै जल्न पिएको छैन,

एउटा मिठो आभास जिउनुको
एउटा अनन्त आकाश जिउनुको
यही त छ सुबास पिउनुको
यहीं त हो प्रभास जिउनुको

कसैलाई सरापेर
बेसुरा राग अलापेर
जिउनु भन्दा
आफै भित्र रमेर
भित्र भित्रै गुनेर
जिन्दगी जिउनु छ,
यसमानेमा पिउनु छ |
ThahaChaena
· Snapshot 110
Like · Liked by · 0
ठुल्दाई ,
पढ्न त अस्तिन उता अनुहारहरुको किताबमा पढेको हो यो भाव , फेरी पढें फेरी मज्जा आयो .
-थाहा छैन
samvoo
· Snapshot 232
Like · Liked by · 0
पिउन छोडेको धेरै भएको थियो ...राहुल भाई को कविता ले फेरी ,पुनः एकपल्ट सुरुवात गरौँ गरौँ जस्तो बनायो l
धन्येबाद राहुल भाई
vname
· Snapshot 495
Like · Liked by · 1
रिस्त बस्नेत होला ब्रो, cyber संसार मा छ फोटो, फेरि प्रियंका रिसौलिन नी आरु हेर्यो भनेर .
KyaJhoor
· Snapshot 562
Like · Liked by · 0
यो पिउनु र जिउनु को सम्बन्ध बदो गज्जब को छ दाई। कोइ जिउन को लागि पिउछ त कोही पिएर जिउछ। आफुले पिउन छोडेको नि जुगौ भइसक्यो। तैपनी।।।। "सबको मालुम है मै सराबी नही, फिर भि कोही पिलाये तोह मै क्या करु" ख कि मखु ?

अरु अरु नि लेख्दै गर्नु ठुल्दाई !!!!
NepaliBudho
· Snapshot 619
Like · Liked by · 0
कोहि जीउन को लागि पिउछन त
कोहि पिउन को लागि जीउछन !

यो त जीबन को निरन्तरता हो नि ब्रो.
NepaliBudho
· Snapshot 619
Like · Liked by · 0
कोहि जीउन को लागि पिउछन त
कोहि पिउन को लागि जीउछन !

यो त जीबन को निरन्तरता हो नि ब्रो.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6910 · Likes 2
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 190
· Posts 1 · Viewed 262
· Posts 1 · Viewed 261
· Posts 1 · Viewed 332
· Posts 2 · Viewed 505
· Posts 1 · Viewed 347
· Posts 2 · Viewed 712
· Posts 1 · Viewed 341



Travel Partners
Travel House Nepal